काठमाडौं ।
नेपालमा पहिलो पटक दुई महिनाको शिशुमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये सात महिला र १० पुरुष छन् । यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ ।