पोर्चुगल: ट्याक्सीमा अगाडिको सिट ड्राइभरका लागि मात्र, बढीमा २ जना यात्रु

लिस्बन।

पोर्चुगलमा लकडाउन खुलेसंगै सरकारले जनजीवन सहज बनाउन र कोरोना संक्रमणको रोकथाम प्रभावकारी बनाउन नियम कानुनमा हेरफेर गरेको छ। अबदेखि ५ सिटे ट्याक्सीमा बढीमा २ जना यात्रु मात्रै चढ्न पाउनेछन्।

TVDE मा दर्ता भएका सम्पूर्ण ट्याक्सीहरु र सरकारमा दर्ता भएका क्याब सर्भिस सबैमा यो नियम लागु हुनेछ।

परिवर्तित कानुन अनुसार ट्याक्सीको अगाडिको सिटमा ड्राइभर मात्रै बस्न पाउनेछन्। बाँकी रहेको सिट क्षमताको दुई तिहाइ मात्रै प्रयोग गर्न सकिनेछ, जस अनुसार ५ सिटे ट्याक्सीमा बढीमा २ जना यात्रु मात्रु सयर गर्न सक्नेछन र उनीहरुले पछाडिको सिट मात्रै प्रयोग गर्न पाउनेछन्।

सिट क्षमताको दुइ तिहाइ मात्रै प्रयोग गर्न पाईने ट्याक्सीमा मात्रै नभएर सम्पूर्ण सार्वजनिक यातायातमा लागु हुनेछ। सार्वजनिक यातायातमा मास्क वा भाइजरको प्रयोग अनिवार्य गरिएको छ , यो नियम उल्लङ्घन गर्नेलाई कम्तिमा १२० युरो देखि बढीमा ३५० युरोसम्म जरिवाना गरिनेछ।

यो नियम लागु भएको पहिलो दिनमै सुरक्षा अधिकारीहरुले ३ जनालाई जरिवाना गरे भने मास्कको प्रयोग नगर्दा ३२० जना आफ्नो गन्तब्य यात्रामा जानबाट बन्चित भए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार