नागढुङ्गामा खुकुरी देखाएर पैदययात्रीमाथि लुटपाट

काठमाडौं ।

पैदल हिँडेर घर जाँदै गरेका भारतीय मजदुर नागढुङ्गामा लुटिएका छन् । काठमाडौंबाट विराटनगर जान लागेका भारतको मालदह घर भएका ४५ वर्षीय राघवेन्द्र चौधरी नागढुङ्गामा लुटिएका हुन् ।

नागढुङ्गाभन्दा तल बस पाइन्छ भन्ने आश्वासन दिएर उनलाई लुटिएको बताइएको छ । घाँटीमा खुकुरी राखेर उनीसँग भएकाे १५ हजार र झोला लुटिएको चौधरीले बताएका छन् ।

ठेकेदारले घर जन दिएको १५ हजार लुटिएपछि चौधरी भोकै हिँडेर हेटौँडासम्म आइपुगेका थिए । बुधचोकमा भेटिएका उनलाई राससले खाजा, पानी र बाटाे खर्च दिँदै मकवानपुर प्रहरीलाई जिम्मा लगाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार