विनोदको ‘मान्छे’ गीतको भिडियो रिलिज

गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् ।

युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ । सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । विनोद वानियाको आवाजमा रहेको गीतमा संगीत विवि अनुरागीको हो भने रचना राजकुमार बगरले गरेका छन् । गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको हो ।

भिडियो उत्कृष्ट बनेको विनोदले बताए । ‘भिडियो राम्रो बनेको छ, आशा छ दर्शकको साथ पक्कै मिल्नेछ’ उनले भने । भिडियोलाई उत्कृष्ट बनाउन आफुले मेहनत गरेको निर्देशक पोखरेल बताउँछन् । ‘भिडियो राम्रो बनेको छ, गीतलाई न्याय गर्न सकेकी सकिन त्यसको मुल्याकंन दर्शकले गर्नुहुनेछ’ उनले भने । यथार्थ चरित्रलाई अभिनयको माध्यमबाट जिवन्तता दिँदै पर्दामा देखाउन खप्पिस कलाकार प्रकाश घिमिरेसँग काम गर्न पाएको भन्दै निर्देशक पोखरेल झनै उत्साहित छन् ।

यता कलाकार प्रकाश घिमिरेले म्युजिक भिडियोमा मुख्य कलकारको रुपमा पहिलोपटक अवसर पाएको बताउँछन् । ‘म्युजिक भिडियोमा पहिलो पटक मुख्य कलाकारको रुपमा मलाई हेर्न सक्नु हुनेछ, रमाइलो अनुभव रह्यो, भिडियो हेरपछि प्रतिक्रियाको आशामा छु’ घिमिरेले भने ।

गायक वानियाका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एलबम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यतिनै गीतमा संगीत सँयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् ।

यो मान्छे कति बेइमानी,
अरुको छाति कुल्ची हिड्छ, दुख्छ भन्ने जानी जानी,यो मान्छे,

मान्छेको जुनी अचम्मै हुने रैछ नी
आफु मात्रै हाँस्न खोज्छ
आफु मात्रै बाँच्न खोज्छ
सर्वश्रेष्ठ रे तैपनि,
यो मान्छे

सहारा दिए टाउको टेक्छ
विश्वास दिए कलेजो रेट्छ
पैसा भईन्जेल आफ्ना हुन्छन,नभए पैसा मलामी हुन्नन
सर्वश्रेष्ठ रे तैपनी
यो मान्छे

अगाडि जानेको खुट्टा तान्छ
आफु मात्रै खाँउ लाँउ भन्छ
मरिजादा रित्तै जानी तर लोभ गर्ने नजाती बानी
सर्वश्रेष्ठ रे तैपनि
यो मान्छे

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार