लिस्बन।
कोरोना भाइरसको संक्रमण कम गर्न पोर्चुगलमा लागु गरिएको संकटकाल सकिएको र लकडाउन खुलेको पहिलो दिनमै सार्वजनिक यातायातमा मास्क नलगाउने ३ जनालाई जरिवाना गरिएको छ।
त्यस्तै मास्क नलगाउने ३२० जना सार्वजनिक यातायातमा यात्रा गर्नबाट बन्चित भयका छन्।
यो पनि पढ्नुहोस् : पोर्चुगलमा मास्क नलगाए ३५० युरोसम्म जरिवाना
संकटकालको अन्त्य र लकडाउन खोलेर जनजीवन सामान्य बनाउने पोर्चुगलको सरकारको पहलसंगै आज मे ४ तारिख सोमबारबाट सार्वजनिक यातायात लगायत सार्वजनिक बन्द स्थानमा मास्कको प्रयोग अनिवार्य गरिएको थियो । कोरोना रोकथाम र जनजीवन सामान्य बनाउने सरकारको यो कदमको उल्लघन गर्नेलाई सुरक्षा अधिकारीहरुले ठाउँको ठाउँ कम्तिमा १२० युरो देखि ३५० युरोसम्म जरिवाना गर्नसक्ने अधिकार दीईएको छ।
जनसुरक्षा प्रहरीका प्रवक्ता नुनो करोसाले भने , ” देशैभर यो नियम लागु गरिएको छ र सबैले अनिवार्य रुपमा कानुनको पालना गर्नुपर्नेछ। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको नियम पालना गर्न र गराउन सुरक्षा संयन्त्रले सूचना दिने र जनचेतना फैलाउने र नियमको उल्लङ्घन गर्नेलाई कारवाही गर्न कटिबद्ध छ। ”
यो पनि पढ्नुहोस् – पोर्चुगल : आजदेखि खुद्रा पसल, हेयर ड्रेसर र पुस्तक पसल खुल्ला – सार्वजनिक बन्द स्थानमा मास्क प्रयोग अनिवार्य, अवाज्ञा गर्नेलाई ३५० युरोसम्म जरिवाना गरिने !
उनले अगाडी थपे, ” कानुनको पालना नगर्ने र बिना मास्क वा भाइजर सार्वजनिक यातायातमा प्रवेश गर्न खोज्ने ३२० जनालाई प्रवेश निषेध गरिएको छ।
मास्कको अनिवार्य प्रयोग देशैभर लागु गरिएको छ। यो अप्रेशन आज बिहानसम्मको लिस्बनका सार्वजनिक यातायात बस, ट्रेन , मेट्रो र नदीमा डुंगाको तथ्यांक मात्रै हो।
सुरक्षामा खटिएका प्रहरीहरुले विभिन्न स्थानमा निशुल्क मास्क वितरण समेत गरेका थिए।
आजकै दिनबाट व्यवसायिक प्रतिष्ठानहरु पसलहरु , शैक्षिक संस्थाहरु र डे केयरमा काम गर्ने शिक्षक र गैर शिक्षक लगायत सम्पुर्ण कर्मचारीहरु र ६ बर्ष माथिका सम्पूर्ण बिध्यार्थीहरुले पनि अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ।
पोर्चुगलमा कोरोना भाइरसबाट हालसम्म १०६३ को मृत्यु भईसकेको छ भने २५ हजार ५२४ जनालाई संक्रमण भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।