पोर्चुगलमै दैनिक १० लाख मास्क उत्पादन, मास्कको आयात बन्द निर्यात शुरु

लिस्बन।

पोर्चुगलले आफै मास्क उत्पादन गर्न शुरु गरेको छ।

हाल पोर्चुगलले नै दैनिक १० लाख मास्क उत्पादन गरिरहेको अर्थमन्त्री म्यानुअल कल्देइरा काब्रलले जानकारी दिएका छन्।

कोरोना महामारीको शुरुका दिनमा पोर्चुगलमा मास्कको अभाव थियो।

पोर्चुगलले कोरोना महामारीसंग जुध्न शुरुवातीका दिनमा चीनबाट पहिलो लटमा मार्च महिनमा ७ लाख मास्क र दोश्रो लटमा अप्रिल महिनामा ५ लाख मास्क सहित ४० लाख युरो बराबरको मेडिकल सामग्रीहरु मगाएको थियो।

पोर्चुगलले हाल आफै नै दैनिक १० लाख मास्क उत्पादन गर्न शुरु गरेपछि अहिले निर्यात गर्न समेत शुरु गरेको छ।

अहिले दैनिक रुपमा एक दिन वा एक पटकका लागि प्रयोग गर्न मिल्ने सर्जिकल मास्क उत्पादन भईरहेको भएतापनि चाडै नै पुन प्रयोग गर्न सकिने मास्क उत्पादन गरिने अर्थमन्त्री काब्रालले जानकारी दिएका छन्।

पुनः प्रयोग गर्न सकिने मास्क उत्पादनले उपभोक्तालाई शुरुमा अलिक बढी मूल्य तिर्नुपरेतापनि सफा गरी धेरै पटक प्रयोग गर्न सकिने भएकोले किफायती हुनेछ।

सरकारले मास्क उत्पादन कम्पनीलाई सुबिधा दिदै भ्याट कर ६ प्रतिशतमा झारेको छ।

पोर्चुगलले अहिले युरोपियन बजारमा सानो परिणाममा निर्यात शुरु गरेतापनि चाडै नै अन्तराष्ट्रिय बजारमा निर्यात गरिने बुझिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार