लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमण पश्चात् लागु गरिएको संकटकाल र लकडाउन हटेपछि आजबाट जनजीवन अलिक खुकुलो भएको छ।
सरकारद्वारा निर्देशित नयाँ नियमको पालना गर्दै आजबाट खुद्रा पसल, हेयर ड्रेसर र पुस्तक पसल खुल्ला गर्न सकिने भएको छ।
बन्द स्थानहरुमा मास्कको अनिवार्य प्रयोग गरिएको छ। खुद्रा पसल, र व्यसायिक प्रतिस्ठानहरुमा मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ।
बन्द स्थानहरुमा एक सय वर्गमिटरमा बढीमा एकपटकमा ५ जनलाई मात्रै अनुमति दिन सकिनेछ।
सरकारी सेवाका कार्यालयहरु जस्तै फिनान्स, नागरिक सेवा र अन्य सामुदायिक सेवाहरु पुर्व निर्धारित अपोइण्ट्मेण्टबाट मात्रै प्रयोग गरिन सकिनेछन् र यी स्थानहरुमा पनि मास्क अनिवार्य गरिएको छ।
आजदेखि पुस्तकालयहरु पनि खुल्नेछन तर बाहिरी क्रिकलापहरु मात्रै संचालन हुनेछन्। संग्रहालय, दरबार र स्मारकहरु पनि खुल्नेछन् तर बाहिरी क्रियाकलाप र पार्कहरु मात्रै खुल्ला रहनेन्।
आजैबाट आफन्त गुमाउने परिवारका सदस्यहरु मात्रै अन्त्यष्टीमा सहभागी हुन सक्नेछन।
सार्वजनिक बन्द स्थानहरु जस्तै सार्वजनिक यातायातका ट्रेन, मेट्रो, बस र , सुपर मार्केटमा मास्क अथवा भाइजर अनिवार्य गरिएको छ।
सार्वजनिक बन्द स्थान र अनिवार्य गरिएका स्थानमा मास्कको प्रयोग न गर्नेहरुलाई सुरक्षा अधिकारिहरुले स्पटमै कम्तिमा १२० युरोदेखि बढीमा ३५० युरोसम्म जरिवाना गर्न सक्नेछन्।