लिस्बन।
पोर्चुगलको मोन्टालेग्रीमा आयोजना गरिएको विश्व र्याली क्रस आमन्त्रित भर्चुअल कार दौड प्रतियोगिताको उपाधि कुइन्टिन डालोमोले जितेका छन् ।
कोभिड-१९ को संक्रमण त्रासका कारण वास्तविक खेल आयोजना सम्भव नभएपछि गरिएको भर्चुअल प्रतिस्पर्धामा कुइन्टिनले विश्व प्रतियोगिताको यसअघिका च्याम्पियन आफ्नै दाई किलनलाई पछाडी पार्दै उपाधि जितेका हुन् ।
किलनले रेस शुरु गर्नेनिर्धारित समय अगावै आफ्नो कार गुडाएकोले सजाय स्वरुप २० सेकेण्डको जम्प स्टार्ट पेनाल्टी पाएका थिए ।
आइतवार भएको प्रतियोगिताको फाइनल चरणमा प्रारम्भिक चरण पारगरेका पाँच जना व्यवसायिक कार रेस खेलाडीहरुले सहभागिता जनाएका थिए । विश्व आर एक्स आमन्त्रित प्रतियोगिताको नामले चर्चित यो प्रतियोगिताको अर्को संस्करण दुई साता पछि आयोजना हुदैछ ।