लिस्वन ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल (अनेसास) को नवौ अधिवेशन सम्पन्न भएको छ। साहित्यकार ‘स्पन्दन’ विनोदको अध्यक्षतामा आगामी दुई बर्षका लागि समाजको नयाँ नेतृत्व चयन गरिएको छ ।
अधिवेशनले बद्रीबाबु पोखरेललाई वरिष्ठ उपाध्यक्ष, सबि श्रेष्ठ र बिशेष अत्रेयलाई उपाध्यक्षमा चयन गरेको हो । यस्तै, कार्यसमितिको महासचिवमा अर्जुन बाराहाली, सचिवमा शम्भु सिलवाल, कोषाध्यक्षमा विजय गुरुङ, सह–कोषाध्यक्षमा विमला (बिध्या) आचार्यलाई चयन गरिएको हो ।
कार्यसमितिको सदस्यहरुमा यादव देवकोटा, अरुण भेटवाल, सागर साह, नवीन पाण्डे, रमेश भट्टराई, शान्ति अर्याल, ऋतु पाख्रिन तामाङ, दिव्यकान्त उप्रेती, सोम ‘अनुराग’ बस्नेत, स्मिता सत्याल, किरण लिम्बू रहेका छन् । गैह्र आवासिय नेपाली संघ, पोर्चुगलका आईसिसी सदस्य रबिन अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले कार्यसमितिमा चयन भएका सबै पदाधिकारी सर्वसम्मत भएको जानकारी दिएको हो ।