लकडाउनमा साईकलमा सरर …

– गणेश पाण्डेय।

कोरोना महामारीले गर्दा संसारभरका सबै मुलुकहरुले आफ्नो देशको सिमा लक गरे। स्थल यातायात लक गर्दै शुरु भएको लकडाउन पछिल्लो समयमा अन्तराष्ट्रिय र राष्ट्रिय उडानहरु पनि ठप्प भए।

पोर्चुगल पनि लकडाउनकै अवस्थामा छ। देशमा लागु गरिएको संकटकालले तीन चरण पार गर्दै आज मध्यरातिबाट अन्त्य हुदैछ।

यहीबिचमा कोरोना संक्रमण रोक्न यातायातका साधनहरुमा हदैसम्म रोक लगाईयो। सार्वजनिक यातायात को तालिकामा हेरफेर गर्दै निकै कम चलाईए।

शहरभित्र चल्ने सार्वजनिक यातायातहरु निशुक्ल गरिए। चालक र यात्रुहरुबिच सामाजिक दुरी कायम गर्ने हदैसम्मको प्रयासहरु भए।

स्वास्थ्य सुरक्षाका लागि देशको नियम र कानुन निकै हप्तैपिच्छे परिवर्तन भए।

सार्वजनिक यातायातहरुको तालिकामा भएको परिवर्तन , सामाजिक दुरी राख्नुपर्ने बाध्यता र सुरक्षाका दृष्टिकोणले धेरैको रोजाई साइकल बन्न पुग्यो।

यद्यपी लिस्बन र आसपासमा शहरमा विभिन्न कम्पनीहरुले व्यवस्था गरेका सिटी इलेक्ट्रिक साइकल र इलेक्ट्रिक स्कुटरहरु पनि धेरै व्यक्तिहरुले प्रयोग गर्ने भएकोले कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै तिनीहरुको संख्या पनि शुरुका दिनमा कमी गरिएको थियो।

तरपनि साइकल धेरैको रोजाई बन्न पुग्यो। पछिल्लो समयमा रेस्टुरेन्टमा बसेर खान नमिल्ने भएपछि टेक वे’ घरमै खाना मगाउने राम्रो माध्यम बन्यो। टेक वे’ सेवाका लागि धेरैले साइकल नै सवारीको माध्यम बनाए।

पोर्चुगलमा संकटकाल सकिनु एक दिन अगाडी लिस्बन सहरको विभिन्न भागमा साइकल कुदाउनेहरुको तस्विर हामीले कैद गरेका छौ। हेर्नुहोस् लकडाउनमा साइक्लिङ् गर्नेहरु :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार