पदम जोरा ,
डडेल्धुरा बैसाख २०
काँग्रेस युवा नेता एवम् नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कोरोना भाईरसको सन्त्रास र संक्रमणले शैक्षिकक्षेत्र पनि निकै प्रभावित बनेको भन्दै यसतर्फ सरकारलाई गम्भीर हुन सात सुझाव दिएका छन् ।
शनिबार नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत शैक्षिक क्रियाकलाप बारे ७ बुँदे सुझाव दिएका हन् । ‘कोभिड–१९को महामारीले विश्व सँगै नेपाल पनि प्रभावित बनेको र शिक्षा क्षेत्रमा गम्भीर समस्या सिर्जना भएको छ’, उनले लेखेका छन, ‘लामो समयदेखि पठनपाठन पूर्ण रुपमा बन्दछ । कक्षा १०, ११ र १२ का १५ लाख भन्दा बढी विद्यार्थीहरू नियमित परिक्षा नहुँदा मानसिक तनावमा छन् । उनले यी यस्ता समस्यालाई मध्यनजर गर्दै भर्चुअल कक्षाका लागि निशुल्क इन्टनेटको व्यवस्था गर्नुपर्ने बताए । कक्षा १० एसईई परिक्षा सम्बन्धित विद्यालयले लिई नतिजा प्रकाशन गर्ने सम्मको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई दिनुपर्ने नेता महरको अर्को सुझाव रहेको छ ।