पोर्चुगलमा मास्क नलगाए ३५० युरोसम्म जरिवाना

लिस्बन।

पोर्चुगलमा सार्वजनिक बन्द स्थानहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। तीनपटकको स्वास्थ्य संकटकालको अवस्था मे २ तारिक मध्यराति समाप्त हुदैछ र देश मे ३ तारिकबाट विपत्तिको अवस्थमा प्रवेश गर्दैछ।

सरकारले यो विपत्तिको अवस्थमा देश र नागरिकलाई कोरोनाको संक्रमण कम गर्न केही बिशेष कानुनहरु ल्याएको छ।

पोर्चुगलमा बन्द सार्वजनिक स्थानहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ। सम्पूर्ण सार्वजनिक यातायातहरु, बिद्यालय, पसल र अन्य बन्द स्थानभित्र मास्क लगाउनु अनिवार्य छ।

बन्द स्थानहरुमा मस्क नलगाउनेहरुलाई सुरक्षाकर्मीहरुले ३५० युरोसम्म जरिवाना गर्न सक्नेछन्।

त्यस्तै मूलसडकबाट २०० मिटरको दुरीसम्म पनि मास्क लगाउन अनिवार्य भनिएको छ तर जरिवाना भने हुनेछैन।

खुल्ला स्थानहरु जस्तै पार्क आदिमा मास्क अनिवार्य छैन तर स्वास्थ्यका दृष्टिले र व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सकेसम्म मास्क लगाउन सिफारिस गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार