राहतमा वितरण गरिएको चामल गुणस्तरहिन पाइएपछि प्रशासनले अनुगमन थाल्यो

पर्सा |

पर्सामा राहतमा वितरण गरिएको चामल गुणस्तरहिन पाइएपछि प्रशासनले अनुगमन थालेको छ । महानगरपालिकाले न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट खरिद गरिएको चामल डल्ला परेको फेला परेपछि आज प्रशासनले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दुबै स्थानको चामलमा उत्पादन मिति र तौल उल्लेख नगरेको भेटिएको छ । डल्ला परेको चामलको नमूना प्रयोगशाला परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि कारवाही प्रक्रिया अघि बढाइने प्रशासनले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिका १४ मा विपन्न नागरिकलाई वितरण गर्न लगिएको चामल गुणस्तरहीन पाइएपछि प्रशासनले अनुगमन गरेको हो । महानगरपालिकाले न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट ल्याएको नौ सय ५० किलो चामलमध्ये केही बोरामा डल्ला परेको चामल फेला परेको थियो । महानगरपालिकाले टेण्डर आह्वान गरी राहत वितरणका लागि चामल खरिद गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार