गजल

– डा बच्चु कैलाश कैनी

प्रभु हजुरको मात्रै भजन गाउने विचार छ
अब म पनि राजनीतिमा छाउने विचार छ ।

जनताको सेवा गर्ने आकांक्षा भएकोले
हजुरको दरबार मात्रै धाउने विचार छ ।

आफ्नै प्रशंसा मात्रै सुनेर रमाउनेको भिडमा
अरु निकम्मा भन्दै चुक्ली लाउने विचार छ ।

मेरो चम्चा बाहेक अरु अक्षम भनेको सुन्दा
सबै छोडेर हजुरकै गुटमा आउने विचार छ ।

मलाई पनि आफ्नै क्षमतामा बिस्वास छैन
हजुर कै कृपाबाट पद पाउने विचार छ ।

– डा बच्चु कैलाश कैनी
डार्टफोर्ड, बेलायत ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार