– रोबोट लिम्बु।
पीडितलाई राहत छिटो दिनको लागि प्रयत्न भन्दा सहयोग गर्न भनेर बनेको कोरोना क्याबिनेट सचिबालय र उपसमितिहरुको बैठकमा कसैले राजीनामाको धम्की र घुर्की दिने ,झगडा, तत, मम को भनाभन, आफू फलनो समितिको संयोजक आफ्नो मान नपुगेको, अपमान भएको , सामाजिक संजालहरुमा, समाचारहरुमा सहयोग गरेको नाममा आफ्नो नाम आउनु पर्ने जस्तो लाजमर्दो र निर्लज्ज बिषयहरुमा झगडा गरेर राहत वितरण रोकेर कस्तो सहयोग, समाजसेवा गर्न खोजेको हो?
पोर्तुगलमा विभिन्न ठाउमा रहनुभएको नेपालीहरु कोरोना भाइरसको महामारीबाट उत्पन्न संकटको कारण समस्यामा छन्। तिनीहरुसम्म राहतको सामग्री पुर्याएर सक्दो सहयोग गर्ने भन्ने हो। यो भन्दा अरु भए, जानकारी पाउ !
करिब १० हजार यूरो उठेको रकम राहतको रुपमा पिडित्लाइ वितरण गर्न किन सकस भयो ?
केहि दिन अघि राहत वितरण उपसमितिले गैरजिम्मेवार हर्कत गरे भन्ने तर्कनाहरु कति उपयुक्त र समय सान्दर्भिक छ ? पिडित भन्दा बाहिर नपाउनुपर्नेले राहत पाएको स्थिती हो ? हो भने छानबिन गरौला , हैन भने यो वा त्यो नाम मा राहत वितरण किन रोकियो यस पछाडीको निहित स्वार्थ के हो ?
पीडितलाई राहत छिटो दिनको लागि प्रयत्न भन्दा सहयोग गर्न भनेर बनेको कोरोना क्याबिनेट सचिबालय र उपसमितिहरुको बैठकमा कसैले राजीनामाको धम्की र घुर्की दिने ,झगडा, तत, मम को भनाभन, आफू फलनो समितिको संयोजक आफ्नो मान नपुगेको, अपमान भएको , सामाजिक संजालहरुमा, समाचारहरुमा सहयोग गरेको नाममा आफ्नो नाम आउनु पर्ने जस्तो लाजमर्दो र निर्लज्ज बिषयहरुमा झगडा गरेर राहत वितरण रोकेर कस्तो सहयोग, समाजसेवा गर्न खोजेको हो?
धेरै नेपालीले आफ्नो भाग कटाएर जम्मा गरेको राहत रकम उचित समयमा यो वा त्यो बेतुक को तर्कना गरेर पिडितहरुसम्म राहत वितरणलाइ रोकेर राख्ने तथा – कथित समाजसेवी ठेकेदारहरुलाई भोलि यो समाजको न्यायिक कठघरामा उभिनु पर्छ कि पर्दैन?
रोकिएको राहत वितरण अबिलम्ब सुचारु गरी पिडितसम्म पुर्याउने काम तत्काल सुरु गरियोस् ।
समाज रहिन्जेल धेरै बिषयहरुमा सिक्नु, सिकाउनु , सुधार्नु ,सुध्रिनु त चलिरहन्छ । निरन्तर चलिरहन्छ।
बाकी अन्य आ-आफ्नो व्यक्तिगत , राजनैतिक , सामाजिक मनमुटावहरु त महामारी सकिए पश्चात फेरी बसेर गरे भैहाल्यो नि। अहिलेलाई पिडितसम्म राहत पुर्याउने काम तत्काल सुरु गरियोस् ।