सञ्चारकर्मीलाई बालुवाटारमा “नो इन्ट्री “

काठमाडौं।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चल्दै गर्दा बुधबार बालुवाटारमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ।

साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुनुअघिदेखि नै बैठकको रिपोर्टिङ गर्न पत्रकारलाई निषेध गरिएको हो। पार्टीभित्र तीव्र विवाद रहेका बेला सचिवालयको बैठकमा समाचार संकलन गर्न गएका पत्रकार बालुवाटारको गेटमै कुरेर बसेका छन्।

सुरक्षाकर्मीहरूले कोरोना संक्रमण हुनसक्ने भन्दै भित्र पस्न नदिएका हुन्।

माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने तयारी गरेपछि बालुवाटारमा संचारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो। प्रचण्डसमूहले पनि प्रधानमन्त्री ओलीका क्रियाकलाप सच्चिनुपर्ने बताउँदै आएको छ।

नेपाल र प्रचण्ड समूहबीच ध्रुवीकरण भएपछि ओली पनि आन्तरिक रणनीति निर्माणमा जुटेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार