लिस्बन।
पोर्तुगलमा कोरोना महामारीका बेला आपत विपत र समस्यामा परेका नेपालीहरुलाई सहयोग नेपाली कन्सुलेट लिस्बनको संयोजकत्वमा पोर्चुगलमा रहेका सबै संघ सस्था, क्षेत्र, तह र तप्काका व्यक्तिहरू सम्मिलित कोरोना राहत तथा जनचेतना समितिले संकलन गरेको सहयोगबाट राहत वितरण समितिले अप्रिल २४ तारिख ५८ जनालाई लिस्बनमा पहिलो चरणमा राहत बाढ्यो। बाढिएको राहत प्याकेजमा १३ केजी चामल, ३ केजी दाल, ३ लिटर खाने तेल, १ केजी नुन, १ पकेट मसला, ३ पकेट स्पागेटी र एक थान साबुन रहेको थियो। यो राहत प्याकेजले एक जनालाई अन्दाजी एक महिनाको खाना पुग्ने अनुमान गरीएक छ।
सो दिन राहत वितरण समितले राहत बाढ्यो , राहत नेपालीले नै पाए, तर बितरण समितले आफ्नो मनोमानीले राहत बाध्यो। समितिले राहतको अत्यावश्यक भएकाहरुको तथ्यांक दर्ता तथा सङ्कलन उपसमितिले जारी गरेको अनलाइन फारममा आवेदन दिएकाहरुको ७५ जनाको बुझाएको तथ्याकको पुरै बेवास्ता गर्यो। पिडितहरुको तथ्यांक उपलब्ध गराउदा पनि त्यसलाइ पुरै वेवास्ता गरी राहत वितरण समितिका केहि सदस्यहरुको चिनजान र सम्पर्कमा भएकाहरूलाई आफुखुशी निम्तो दिएर राहत बितरण गरे। राहतका लागि फारम भरेकाहरुले राहत पाएनन्, नभरेकाहरु आएर लगेर गए । समितिभित्र चर्को बिरोध भयो। राहतको अत्यावश्यक भएकाहरुको तथ्यांकसंकलन गर्ने उपसमितिले गरेको मेहनत खेर गयो।
यो पढ्न छुट्यो कि ? आम नेपालीले दिएको सहयोगमा सेलिब्रिटी समाजसेवी बन्ने होड, गोलमालमा ५८ जनालाई राहत वितरण
सार्वजनिक रुपमै चर्को बिरोध भएपछि तुरुन्तै भोलिपल्ट कोरोना राहत तथा जनचेतना समितिको बैठक बस्यो। राहत वितरण उपसमिति संयोजक तथा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आफ्नो मातहतमा रहेको राहत वितरण समितिले गरेको कार्यमा गरेको त्रुटी स्वीकार गरे। समितिभित्र पनि गैरेको कार्यशैली र तथ्यांक दर्ता तथा सङ्कलन उपसमितिले गरेको कार्यको बेवास्ता गरेको देखेपछि चर्को आलोचना भयो। राहत वितरण उपसमिति संयोजक तथा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आफ्नो समितिले गरेको गल्ती स्वीकार गर्दै २४ अप्रिलमा वितरण गरिएको ५८ जनाको जनही २३ युरो ५० सेन्टका दरले हर्जाना तिर्ने निर्णय भयो।
मूल समितिका केही सदस्यहरुले यस्ता मानवीय कार्य गर्दा जानअन्जानमा त्रुटी हुनसक्ने र हर्जना तिर्न र तिराउन नहुने र सच्चिदै जानुपर्ने जिकिर गरे। तर पनि मूल समितिले गैरेले नै हर्जाना तिर्ने निर्णय गर्यो। मूल समितिको कार्यविधि आचारसंहिता अनुसार बैठक सकिए लगत्तै समितिले गरेका निर्णयहरु सार्वजनिक गर्नुपर्ने नियम बनाएको छ। तर पनि सो बैठकको निर्णय समितिका सदस्य सचिव गैरेले सार्वजनिक गरेनन्।
समितिले पोर्तुगलमा ३० अप्रिलबाट फेरि राहत बाढ्ने भएको छ।
राहतकालागि गठित पोर्तुगलको कोरोना आर्थिक कोषमा १० हजार युरो रकम संकलन भइ सकेको छ । आर्थिक संकलन मे १० सम्म जारी रहनेछ ।
अघिल्लो पटक २४ अप्रिलमा राहत बाढ्दा भएको काखापाखाको व्यवहारले राहत बितरण समिति निकै आलोचित भएपछि यसपटक निकै सतर्कता अपनाईने बुझिएको छ।
३० अप्रिलबाट बाढीने दोश्रो चरणको राहतमा कसैलाई काखा पाखा नगरिने र मूल समिति र उपसमितिहरुले दिएको निर्देशन अनुसार पोर्तुगलको विभिन्न ठाउँबाट राहत वितरण गरिने श्रोतले जानकारी दिएको छ।
अन्तमा,
हामी महिनौदेखि यो प्रश्नको उत्तर खोजिरहेछौ ! संघको मौनता कहिलेसम्म ?
एनआरएनए पोर्चुगलको आकस्मिक राहत कोषको रकम कहाँ छ ? किन प्रयोग गरिएन ? संघका खातापाताहरु कहाँ छन् ? संघको कोषको पैसा कहाँ छ ? किन अहिलेसम्म बैंक खाता संचालनमा छैन ? हामी निरन्तर फलोअपमा छौ।
यो पनि पढ्नुहोस्।
एनआरएनए पोर्चुगल : आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल