कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ नम्बर वडा कार्यालयमा राहत वितरणको विषयलाई लिएर असन्तृष्ट पक्षका केही स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
मंगलबार दिउँसो शुक्लाफाँटा नगरपालिका ५ गजमुनीका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले राहत वितरणमा जनप्रतिनिधीले विभेद गर्दै आफन्त र धनीवर्गलाई राहत दिएको तर, गरिब विपन्न र मजदुरले रुाहत नपाएको भन्दै वढा कार्यालयको मुल गेटमै तालाबन्दी गरेका हुन् ।
स्थानीय गणेश नाथले पाउने व्यक्तिले राहत नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको बताए ।
राहत नपाएको विषयमा स्थानीयबाट वडा कार्यालयमा तालाबन्दी, घेराउ ताकेता ठिकै भएपनि राहतकै विषयलाई लिएर लकडाउन उलङघन गर्दै वडाध्यक्ष माथि राजनीतिक व्यक्तिगत प्रतिशोध राखेर केही राजनीतिक दलका कार्यकर्ताले राजमार्गमा नाराबाजी समेत गरेका थिए ।
नेपाली काँग्रेस निकटका युवाहरुले आफु बिरुद्ध नाराबाजी र व्यक्तिगत प्रतिशोध साटेको वडाध्यक्ष कमल गिरीले बताए ।
उनीहरुले वडा कार्यालयदेखि राजमार्ग हुँदै नगरपालिका कार्यालयसम्म वडाध्यक्ष गिरी बिरुद्ध नाराबाजी गर्दै राजिनामाको माग अघि सारेका छन् ।