केन्टकी ।
कोरोनाको इपिसेन्टर मानिएको न्यूयोर्कमा भाइरस संक्रमितहरुको उपचारमा अग्रपंक्तिमा क्रियाशिल एक चिकित्सक डा. लोर्ना एम व्रिमले भर्जिनियामा गएर आत्महत्या गरेकी छिन् । उनको परिवारले दिएको जानकारी अनुसार उनी यूयोर्कको प्रेस्वेटरियन अस्पतालको आकस्मिक कक्षमा कार्यरत थिइन ।
संक्रमितहरुको उपचारमा खटिने क्रममा नै आफु पनि संक्रमित वन्न पुगेकी चिकित्सक व्रिमले भर्जिनियामा आफ्ना अभिभावकको घरमा पुगेर आत्महत्या गरेकी हुन् । उनले आफ्ना अभिभावकहरुसंग अस्पतालमा कति दर्दनाक दृश्यहरु भोग्नुपर्छ भन्ने विषयमा जानकारी समेत गराएकी थिइन ।
आफुलाई कोरोना संक्रमण भएपनि उनले डेढ हप्तामा नौ काममा फर्कनु परेको थियो । उनलाई फेरी अस्पतालले घर पठाएपछि उनले न्यूयोर्क छाडेर भर्जिनियामा वुवाआमाको घरमा आराम गर्दै थिइन । उनले आइतवार आत्महत्याको प्रयास गरेको जानकारी पाउनासाथ प्रहरीले अस्पताल पुर्याएको थियो तर वचाउन भने सकेनन् ।
उनले आफ्नो जागिर धेरै कुशलतापूर्वक निर्वाह गर्न खोजिन् जसले उनलाई मृत्युको मुखमा लग्यो, उनका ७१ वर्षीय वुवा फिलिप व्रिनले भनेका छन् । उनका वुवाका अनुसार स्वर्गीय व्रिममा कुनै पनि खालको मानसिक समस्या थिएन ।