काठमाण्डौं ।
नेपालमा हालसम्म (बैशाख १६ सम्म) ५४ हजार ८२६ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १,१९३ जनामा परीक्षण गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पिसीआर प्रविधिबाट १० हजार ८०७ र आरडिटी परीक्षणबाट ४४ हजार १९ जनामा कोरोना कोरोना परीक्षण गरिएको हो ।
प्रदेश विवरण
त्यसैगरी प्रदेश १ मा ४,८२८, प्रदेश २ मा ५,२४९, बाग्मती प्रदेशमा ८ हजार १४, गण्डकी प्रदेशमा ४,९३६, प्रदेश नम्बर ५ मा ५,३२८, कर्णाली प्रदेशमा ५,१८१ र सुदूरपश्चिममा १२ हजार २८३ जनामा कोरोना परीक्षण गरिएको हो ।
क्वारेन्टाइनमा रहनेको विवरण
हालसम्म देशभरीका विभिन्न क्वारेन्टाइनमा २२ हजार ९९ जना रहेका छन् ।
जसमा प्रदेश १ मा २,२८८, प्रदेश २ मा १,५१२, बाग्मती प्रदेशमा ३६१, गण्डकी प्रदेशमा ६७६, प्रदेश नम्बर ५ मा १२,१६४ कर्णाली प्रदेशमा ३,७८९ र सुदूरपश्चिममा १,३०९ जना रहेका छन् ।
आइसोलेसन र रेडजोनमा
हालसम्म आइसोलेनमा १०७ जना रहेका छन् । जसमा उपत्यकामा ४ जना र उपत्यका बाहिर १०३ जना रहेका छन् । साथै आजसम्म रेडजोनमा ३०९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा रेडजोनमा ५ जना थपिएका हुन् ।
संक्रमतिको संख्या ५४ पुग्यो
नेपालमा हालसम्म संक्रमितको संख्या ५४ पुगेको छ । आज दुईजना थपिएसँगै ५४ पुगेको हो । आज रौतहटमा थपिएका २४ र ३५ वर्षीय पुरुष रहेका छन् । उनीहरुकेही समयअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई अस्पतालमा ल्याइदै गरेको मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित ५४ जनामा हालसम्म १६ जना निको भएर घर फर्किएका छन् भने धनगढीमा १, विरगन्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना रहेका छन् । आज देखिएकाहरुलाई पनि विरगन्ज अस्पतालमा उपचार गरिने छ ।