काठमाडौं ।
‘हाम्रो नेपाल – हामी नेपाली अभियान’का अभियन्ता ज्ञानेन्द्र शाही सर्वोच्च अदालतको आदेशपछि रिहा भएका छन् ।
शाहीलाई सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले रिहा गरेको हो ।
लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका शाहीलाई वैशाख ९ गते साँझ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो ।
वरिष्ठ अधिवक्ता इन्द्रप्रसाद अर्यालले शाहीको तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षिकरण निवेदन रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो ।