लिस्वन ।
पोर्चुगलस्थित गणतन्त्रका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले कोरोना भाइरसबाट बचाउन ६५ बर्षमाथिका कैदीबन्दीलाई माफी दिएका छन्।
स्वास्थ्य समस्या भएका ६५ बर्षमाथिका १४ कैदीबन्दीलाई कैदीबन्दीलाई कोभिन–१९ बाट जोगाउन राष्ट्रपतिले माफी दिएका हुन् ।
असाधारण शासनअन्तर्गत महामारीको सन्दर्भमा सजाय कम गर्न सहज भएको बताइएको छ ।
माफी सम्बन्धी जानकारी न्यायमन्त्री फ्रान्सिस्का भ्यान डुनेमले मार्सेलो रेबेलो डे सुसासँग बेलमको दरबारबाट यस्तो जानकारी दिएका हुन् ।
यसभन्दा अगाडी पनि कोरोना महामारीका कारण पोर्चुगल सरकारले ५७० कैदीहरुको बाँकी रहेको जेल सजाय माफी गर्दै रिहा गरेको थियो ।
जेलहरुमा ठाउँ कमी भएको र कोरोनाको कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले उनीहरु सबै माफी कानुन अन्तरगत रिहा भएका हुन्।