काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती भएको भए आफू सच्चिन तयार हुँदा पनि पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको बताएका छन्।
आफू निकट सांसदहरुलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले अन्य नेताहरुले वार कि पारकै रणनीति अपनाएको हुँदा पार्टी विभाजन हुनसक्ने सभावना रहेकोले सबैलाई तयार रहन बताएका थिए।
प्रधानमन्त्रीले आइपर्ने चुनौतिहरु सामना गर्न आफू तयार रहेको बताएका थिए।