सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खाएका खानेकुराबाट बन्छ । त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।
शरीरमा युरिक एसिडको मात्रा बढेमा मांसपेशी सुन्निनुका साथै जोर्नी दुख्ने, औला सुन्निे गर्छ । समयमै यसको लक्षण थाहा पाएर पनि यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ , यसको मात्रा पिसाबद्धारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुनथाल्छ र हड्डीमा क्षति पु¥याउने गर्छ । युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ ।
शरीरको प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिलाई युरिक एसिडको सम्भावना उच्च हुन्छ । त्यस्तै, खानामा प्रोटिनको कमी भएमा पनि युरिक एसिडको समस्या निम्तिन सक्छ ।यसको जोखिम कम गर्न समयमा खाने तथा सन्तुलित आहार खानु पर्छ ।
किन हुन्छ युरिक एसिड ?
तनाव, अत्याधिक मात्रामा मदिराको सेवन, लामो समयसम्म भोकै रहने, व्यायामको कमी, शरीरमा पानीको कमीले पनि यो समस्या निम्तिने गर्छ । त्यस्तै, रेड मिट, सी फूड, गेडागुडीको सेवन तथा विशेष प्रकारका केही औषधीको सेवनले पनि युरिक एसिडको समस्या निम्तिने गर्छ । त्यसैले, खानामा के खाने, के नखाने भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ । खानामा विशेष सजगता अपनाएर पनि युरिक एसिडको समस्या हुनबाट बच्न सकिन्छ ।
कसरी जोगिने ?
खाना पकाउँदा वटर वा भेजिटेबल आयलको सट्टा जैतुन (ओलिभ)को तेल प्रयोग गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । किनकी जैतुनको तेलको प्रयोगले शरीरमा अतिरिक्त युरिक एसिड जम्मा हुँदैन । यो मुटुको लागि पनि लाभदायक मानिन्छ ।
शरीरमा युरिक एसिडको मात्रालाई कम गनए दिनमा कम्तीमा पाँच सय ग्राम भिटामिन ‘सी’को सेवन गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । नियमित रुपमा भिटामिन ‘सी’को सेवनले एक, दुई महिनामै यूरिक एसिडको स्तर कम हुन थाल्छ ।
आर्थराइटिस र युरिक एसिडको समस्या ज्वानोको प्रयोग प्रभावकारी मानिन्छ । ज्वानोमा एन्टीअक्सिडेन्ट तथा डाईयुरेटिक गुण हुन्छ, जसले दुखाई कम गन मद्दत गर्छ । यसमा एन्टीसेप्टीक गुण पनि हुने भएकोले यो समस्यामा ज्वानोको प्रयोग द्धारा प्राकृतिक उपचार गरिन्छ ।
रातो खुर्सानी, टमाटर, ब्रोकाउली तथा अंगुर आदीमा एन्टीअक्सिडेन्ट भिटामिन भरपूर मात्रामा हुन्छ । एन्टीअक्सिडेन्ट भिटामिनले फ्रि रेडिकल्सलाई शरीरमा हमला गर्नबाट रोक्छ । जसले गर्दा शरीरमा युरिक एसिडको स्तर कम हुन पुग्छ ।
स्याउको रसले रगतको पीएच लेभललाई बढाएर युरिक एसिडको स्तरलाई कम गर्न मद्दत गर्छ । तर त्यसको लागि प्रयोग गरिने स्याउको रस काचै र पानी नमिसाएकै हुनु पर्छ ।
शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा बेकरी प्रोडक्ट तथा स्याचुरेटेडेड फ्याटले यसलाई झनै प्रभावित पार्दछ । त्यसैले, शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा केक, पेस्ट्री, कुकिज जस्ता स्याचुरेटेड तथा ट्रान्स फ्याटयुक्त खाद्य पदार्थ खानबाट बच्नु पर्छ । त्यस्तै, मदिराको सेवन गर्नबाट पनि बच्नुपर्छ ।
कतिपय अवस्थामा डब्बामा राखिएको खानेकुराले पनि युरिक एसिडको समस्यालाइ प्रभावित पार्न सक्छ । त्यसैले, यस्ता खानेकुरालाई वर्जित गरेर पनि यो युरिक एसिडको समस्या जटिल हुनबाट बच्न सकिन्छ ।
यसबाहेक, माछा तथा मासुको सेवन नगरेर पनि यो समस्याबाट बच्न सकिन्छ ।