लिस्बन।
पोर्चुगलमा पिएसपी प्रहरीका एक अधिकारीमाथि छुरा प्रहार भएको छ।
आज सोमवार बिहान कास्काइस नगरपालिकाको कार्केभेलासमा पिएसपी प्रहरी अधिकारीमाथि आक्रमण भएपछि प्रतिरक्षाका लागि अर्का प्रहरी अधिकारीले आक्रमणकारीमाथि गोली चलाएका छन्।
घटनास्थलमा थप सुरक्षाबल र फायर फाइटरपरिचालन गरिएको थियो।
अन्दाजी ३० बर्षका युवकले आफ्नी आमासंग झगडा गरिरहेको बेलामा उद्धारमा गएको पिएसपी प्रहरी अधिकारीको छात्तिमा छुरा प्रहार गरेका थिए। प्रतिरक्षामा अर्का प्रहरी अधिकारीले ति युवकको खुट्टामा गोली प्रहार गर्नुपरेको श्रोतले बताएको छ।
आक्रमणकारी र घाइते प्रहरी दुबैको साओ फ्रान्सेसको जेभियर अस्पतालमा उपचार भईरहेको छ।