नेपालमा लकडाउन झनै कडा गरिने

काठमाडौं ।

लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पासविनाका सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।

बीचबाटामा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले सोामबारदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

­­­

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार