सुरक्षामा खटिएका पीएसपी र जीएनआर प्रहरीका १६८ अधिकारीहरु संक्रमित, ३८२ क्वारेण्टिनमा !

लिस्बन।

कोरोना महामारीको रोकथाम गर्न पोर्चुगल लकडाउन र संकटकालको अवस्थामा छ। देशको सुरक्षा संयन्त्रले थप चुनौतीको सामना गर्नुपरिरहेको छ।

सुरक्षामा खटिएका पीएसपी र जीएनआर प्रहरीका १६८ अधिकारीहरु कोरोना संक्रमित भएका छन्। उनीहरुको सम्पर्कमा रहेका अन्य ३८२ जना क्वारेण्टिनम राखिएका छन्।

आन्तरिक मामिला मन्त्री एदुअर्दो काब्रिताले कोरोना संक्रमित र क्वारेण्टिनमा रहेका सुरक्षा अधिकारीहरुको संख्याले राज्यको सुरक्षा संयन्त्रमा कुनै असर नपरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा सुरक्षा अधिकारीका २६ जना कोरोना संक्रमणपछि उपचार भएर निको भईसकेको जानकारी दिईएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार