लिस्बन।
पोर्तुगलमा कोरोना महामारीका बेला आपत विपत र समस्यामा परेका नेपालीहरुलाई सहयोग नेपाली कन्सुलेट लिस्बनको संयोजकत्वमा पोर्चुगलमा रहेका सबै संघ सस्था, क्षेत्र, तह र तप्काका व्यक्तिहरू सम्मिलित राहत संकलन र वितरण मूल समिती गठन भएको थियो। समितिले आठवटा उपसमितिहरु गठन गरी कामलाई चुस्त, दुरुस्त, पारदर्शी र प्रभावकारी बनाउने जिम्मेवारी लिए। सबै समितिले आ-आफ्नो काम जिम्मेवारीपुर्वक गर्दैछन्।
लाखौ खर्च गरेर युरोप पुगेका नेपालीहरुलाई कोरोना महामारीमा समस्या परेको बेला करिब ६ युरो बराबरको सहयोग दिएर उनीहरुको अनुहार प्रष्ट देखिनेगरी अनलाइनहरुमा छरपष्ट समाचार आइदिदा नामका भोगीहरुले आफुलाई जबरजस्त समाजसेवी देखाए, तर ६ युरो बराबरको सामान प्लास्टिकको झोलामा सहयोग लिने र उनीहरुको घरपरिवार, छिमेक र आफन्तमा कस्तो मनोबैज्ञानिक असर पर्यो होला ? त्यसबारे रत्तिभर पनि सोचेनन् उनीहरुले । उद्धेश्य आफ्नो नाम र फोटो छपाउनु थियो, छपाए।समाजसेवी कहलिनु थियो, कहलिए। तर सहयोग लिनेहरुको इज्जत लिलाम गरिदिए। यो मानवीयताको उपहास मात्रै होइन कि , समाजसेवाको नाममा चरम बिकृति पनि हो।
सबै उपसमितिहरुले आ-आफ्नो जिम्मेवारीमा परेको क्षेत्राधिकार भित्र बसेर काम गर्नुपर्ने कुरालाइ मध्यनजर गर्दा, एनआरएनए पोर्तुगलका अध्यक्ष र यसै समितिको सदस्य सचिव समेत रहनुभएका तिलक गैरेको संयोजकत्वमा रहेको राहत वितरण उपसमितिले राहत वितरणको पहिलो चरण मै चरम गैरजिम्मेवारीपनको पराकाष्ठा प्रदर्शन गर्दै मनोमानीको हद पार गरेको छ । यसैबीच अप्रिल २४ तारिखका दिन पहिलो लटमा बद्रगोल तरिकाले राहत बाढेर उपसमितिहरुले गरेको कामको उपहास र अवमुल्यन गरेको छ।
के थियो राहतमा ?
अप्रिल २४ तारिखका दिन पहिलो लटको राहत लिस्बन आन्जुसबाट बाढिएको हो। बाढिएको राहत प्याकेजमा १३ केजी चामल, ३ केजी दाल, ३ लिटर खाने तेल, १ केजी नुन, १ पकेट मसला, ३ पकेट स्पागेटी र एक थान साबुन रहेको छ ।यो राहत प्याकेजले एक जनालाई अन्दाजी एक महिनाको खाना पुग्ने अनुमान गरीएक छ।
आम नेपालीले दिएको सहयोगमा सेलिब्रिटी समाजसेवी बन्ने होड:
कोरोना राहत तथा जनचेतना समिति कुनै एक व्यक्ति वा संस्थाको मात्रै नभएर पोर्चुगलमा रहेका सबै नेपालीहरुको सामुहिक प्रयास थियो। अर्थ संकलनको जिम्मा आर्थिक उपसमितिले दिईएको थियो, जसको संयोजन लक्ष्मीप्रसाद सापकोटाले गरेका छन्। चुस्तदुरुस्त राखिएको अर्थ संकलनको पछिल्लो तथ्यांकमा पोर्चुगलमा रहेका २०६ व्यक्तिहरुले गर्नुभएको स्वैच्छिक सहयोगमा ९ हजार २६८ युरो ९१ सेन्ट संकलन भएको छ। तर, विडम्बनाको कुरा के छ भने गैर आवासिय नेपाली संघका केही पदाधिकारीहरुले वितरण गरेको राहत आफु स्वयंले राहत वितरण गरेको झैँ प्रचार गरिरहेका छन्। पिडितहरुलाई राहत दिनुभन्दा पनि समाचारमा आफुले राहत बाढेको भनेर होडबाजी चलेको छ।
यसघि संघले आफ्नै कार्यालयबाट राहत बाढेको थियो। राहत बाढ्नुपूर्व संघले एक सूचना जारी गर्दै राहत लिने पिडित नेपालीहरुको आत्मसम्मानमा चोट नपुगोस् भनेर लागत सार्वजनिक नगर्ने बताएतापनि पछि सहयोग लिने नेपालीहरुलाई फकाईफुलाई फोटो खिचेर सार्वजनिक गरेका थिए। लाखौ खर्च गरेर युरोप पुगेका नेपालीहरुलाई कोरोना महामारीमा समस्या परेको बेला करिब ६ युरो बराबरको सहयोग दिएर उनीहरुको अनुहार प्रष्ट देखिनेगरी अनलाइनहरुमा छरपष्ट समाचार आइदिदा नामका भोगीहरुले आफुलाई जबरजस्त समाजसेवी देखाए, तर ६ युरो बराबरको सामान प्लास्टिकको झोलामा सहयोग लिनेहरुको घरपरिवार, छिमेक र आफन्तमा कस्तो मनोबैज्ञानिक असर पर्यो होला ? त्यसबारे रत्तिभर पनि सोचेनन् उनीहरुले । उद्धेश्य आफ्नो नाम र फोटो छपाउनु थियो, छपाए।समाजसेवी कहलिनु थियो, कहलिए। मानवीयताको उपहास मात्रै होइन कि यो , समाजसेवाको नाममा चरम बिकृति पनि हो। हेर्नुहोस् तलको फोटो !
गोलमालमा ५८ जनालाई राहत वितरण, राहतका लागि आबेदन दिएकाले पाएनन् , नभरेकाले चिनजानकै भरमा राहत लगे : :
अप्रिल २४ तारिखका दिन पहिलो लटको राहत लिस्बन आन्जुसबाट बाढिएको छ। सो दिन ५८ जना नेपालीहरुले खाद्यान्न राहत पाए।
राहतको अत्यावश्यक भएकाहरुको तथ्यांक दर्ता तथा सङ्कलन उपसमितिले जारी गरेको अनलाइन फारममा आवेदन दिएकाहरुको ७५ जनाको तथ्याक समितिलाई बुझाएको थियो। पिडितहरुको तथ्यांक उपलब्ध गराउदा पनि त्यसलाइ पुरै वेवास्ता गरी राहत वितरण समितिका केहि सदस्यहरुको चिनजान र सम्पर्कमा भएकाहरूलाई आफुखुशी निम्तो दिएर राहत बितरण गरे। राहतका लागि फारम भरेकाहरुले राहत पाएनन्, नभरेकाहरु आएर लगेर गए । समितिभित्र चर्को बिरोध भयो। राहतको अत्यावश्यक भएकाहरुको तथ्यांकसंकलन गर्ने उपसमितिले गरेको मेहनत खेर गयो।
राहत लिन आउनेहरुलाई सामाजिक दुरी राख्नुपर्ने सूचना, दिनेहरुले फोटो सेसन गरेर सामाजिक दुरीको उपहास :
समितिले राहत प्राप्त गर्न चाहने महानुभावहरुलाइ लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने कुरालाई समेत मध्यनजर गर्दै भिडभाड नगर्न अनुरोध गर्यो। तर राहत समितिका सदस्यहरु आफैले सामाजिक दुरी कायम नगरेको फोटो सार्वजनिक गर्दै आफैले दिएका सुझावहरुको उपहास गरे। यो हेर्नुहोस् तलको फोटो !
समाचारमा नाम लेखाउने होडबाजी, समाचारमा गैरेको नाम थपिदिन फोन कल :
राहत वितरण समितिका सदस्यहरु राहत वितरण गर्नुभन्दा पनि सेलिब्रिटी समाजसेवी बन्न खोजे। समाचारहरुमा आफ्ना नाम छपाउन होडबाजी चल्यो। यसैबिच प्रकाशित समाचारमा राहत समितिका कयौ सदस्यहरुको नाम छुटेको भन्दै प्रकाशित समाचारका सम्पादकहरुलाई नाम थपिदिन दबाब दिईयो। अन्त्यन्तै लज्जास्पद कुरो के भने राहत समितिका सदस्य सचिव तिलक गैरेको नाम छुटेको भन्दै नाम थपिदिन बारम्बार फोन गरियो। गैरे एनआरएनए पोर्चुगलका अध्यक्ष हुन्।
राहत लिने लाइनमा रातो पासपोर्टधारी नेपाली पनि :
राहत लिन आउनेहरुको रातो पासपोर्टधारी नेपाल पनि थिए। रातो पासपोर्ट लिईसकेर पोर्चुगिज नागरिक भईसकेका नेपाली पनि राहत लिनेको लाइनमा देख्दा राहत वितरण समितिका सदस्य चकित भएका थिए। उनले राहतको लागि पनि फारम भरेका थिएनन् तर आफु भोकै भएको र समस्या परेको गुनासो गरेपछि नेपाली भएको नाताले राहत सहयोग दिएर पठाएको समितिका एक सदस्यले बताए।
राहत वितरणमा मनोमानी र ब्यापक अनियमितता भएपछि संचारकर्मी पेम्बागेलु शेर्पाले आलोचना गर्दै लेखेका छन् :
पीडितहरुलाई उचित राहत दिनकालागि सम्मानित नेपाली कन्सुलरको संयोजकत्वमा सबै संघ सस्था, क्षेत्र, तह र तप्काका व्यक्तिहरू सम्मिलित राहत संकलन र वितरण मूल समिती गठन गरिसकेको सन्दर्भमा, उक्त समितिको मुल उद्देश्यअनुरुप चुस्त दुरुस्त कार्य सम्पादन र सहज व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाडफाड गरिसकेको अवस्थामा, सबै उपसमितिहरुले आ-आफ्नो जिम्मेवारीमा परेको क्षेत्राधिकार भित्र बसेर काम गर्नुपर्ने कुरालाइ मध्यनजर गर्दा, एनआरएनए पोर्तुगलका अध्यक्ष र यसै समितिको सदस्य सचिव समेत रहनुभएका तिलक गैरेको संयोजकत्वमा रहेको राहत वितरण उपसमितिले राहत वितरणको पहिलो चरण मै चरम गैरजिम्मेवारीपनको पराकाष्ठा प्रदर्शन गर्दै मनोमानीको हद पार गरेको छ ।
कसरी ?
१) राहतको अत्यावश्यक भएकाहरुको तथ्यांक दर्ता तथा सङ्कलन समितिले जारी गरेको अनलाइन फारममा आवेदन दिएकाहरुलाइ समितिले पुन: एकाएक सबैलाइ फोन सम्पर्क र अन्य माध्यमबाट रुजु गरि वास्तविक रहात आवश्यक भएकाहरूको पहिलो चरणको तथ्यांक उपलब्ध गराउदा पनि त्यसलाइ पुरै वेवास्त गरि वितरण समितिका केहि सदस्यहरुको चिनजान र सम्पर्कमा भएकाहरूलाई आफुखुशी निम्तो दिएर राहत बितरण गरियो ।
२) रहात वितरणका लागि आवश्यक खाद्य सामाग्रीवारे सचिवालयको बैठकले टुङ्गो लगाइसकेको अवस्थामा वितरण समितिले आफुखुशी थपघट गरेर खरिद गरियो ।
३) नेपाली कन्सुलरको संयोजकत्वमा रहेको समिति भन्ने कुरा दिनको घाम झै छर्लङ्ग र सर्वस्विकार्यता हुदाहुदै, केही भरौटेहरु खरिद गरेर एन आर एन को नेतृत्वमा भएको समिती हो भनेर हावादारी प्रचार गर्न लगाइयो ।
४) पीडितलाई रहात दिने भन्दा सामाजिक संजालहरुमा सहयोग गरेको नाममा निजि प्रचारप्रसार गरेर आत्मसन्तुष्टि लिने प्रवृत्ति विकराल देखियो ।
अन्तमा,
एनआरएनए पोर्चुगलको आकस्मिक राहत कोषको रकम कहाँ छ ? किन प्रयोग गरिएन ? संघका खातापाताहरु कहाँ छन् ? संघको कोषको पैसा कहाँ छ ? किन अहिलेसम्म बैंक खाता संचालनमा छैन ? हामी अझै यी प्रश्नहरुको उत्तर खोजिरहेका छौ।
यो पनि पढ्नुहोस्।
एनआरएनए पोर्चुगल : आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल