पोर्चुगल : ३० प्रतिशत संक्रमितलाई कोरोना घरमै संक्रमण भएको तथ्य सार्वजनिक

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमितहरुमध्ये ३० प्रतिशतलाई कोरोना संक्रमण घरमै भएको तथ्य सार्वजनिक भएको छ।

संक्रमितहरुमध्ये अन्य २५ प्रतिशतलाई काम वा अन्य संस्थाहरुमा कामकाजको सिलसिलामा संक्रमण भएको तथ्य स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ।

स्वास्थ्य महानिर्देशनालयले अप्रिल १४ देखि २४ तारिखसम्म २९५८ जनाको तथ्याक संकलन गर्दै कोरोना कसरि फैलियो भनेर विश्लेषण र अध्ययन गरेको थियो।

अन्य ९ प्रतिशतमा सामाजिक सम्बन्धमा दुरी कायम गर्न नसक्दा सरेको तथ्यले देखाएको छ।

पोर्चुगलमा कोरोनाभाइरस :

पोर्तुगलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ को मृत्‍यु भएको छ ।

हालसम्म २३ हजार ८६४ संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । पछिल्लो २४ घण्टामा ४७२ जना स+क्रमित थपिएका छन् ।

पोर्तुगलमा १३ सय २९ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् । महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये एक हजार पाँचजनालाई अस्पताल भर्ना गरिएको छ भने १८२ विरामी सिकिष्त छन् ।

चार हजार ६७३ जनाको कोभिड-१९ टेष्टको नतिजा आउन बाँकी छ । दुई लाख ३६ हजार ४१० जनालाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार