जर्मनीमा लकडाउनविरुद्ध प्रदर्शन गर्ने दर्जनौं पक्राउ

बर्लिन ।

जर्मिनमा लकडाउनको विरोध गर्दै सडकमा निस्किएका दर्जनौंलाई नियन्त्रणमा लिइएको छ । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जर्मनीमा लकडाउन घोषणा गरिएको छ । तर, त्यसको विरोध गर्दै शनिबार करिब एक हजार मानिसहरु सडकमा निस्किएका थिए ।

लकडाउनका समयमा सडकमा विरोध प्रदर्शनका लागि नस्किएकाहरुलाई रोजा लक्जेमबर्ग स्क्‍वयारमा प्रहरीले रोक्‍ने प्रयास गरेको थियो । तर, उनीहरु प्रहरीको प्रतिबन्धको बेवास्ता गर्दै अघि बढेका थिए ।

उनीहरुले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको नियमको पालना गरेका थिएनन् । उनीहरु सबै नजिकैको सडकमा एकाएक जम्मा भएका थिए ।

केहीले चान्सलर एन्जेला मर्केलले ‘दैनिकीमा प्रतिबन्ध लगाएको’ लेखिएका टि-सर्टसहित सडकमा निस्किएका थिए भने केहीले ‘स्वतन्त्रता’ चाहियो लेखिएका टि-सर्ट लगाएका थिए ।

केहीले ‘फार्मास्टिक्युल लबी बन्द गर’ लेखिएका प्लाकार्ड समात्दै निस्किएका थिए । बर्लिनमा २० जनाभन्दा बढी मानिस जम्मा हुन प्रतिबन्ध लगाइएको छ ।

भाइरसको त्रास देखाउन बन्‍द गरेर आपतकाल हटाउनसमेत उनीहरुले माग गरेका थिए । यसरी सडकमा निस्किएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जर्मनी चान्सलर मर्केलले कोरोना नियन्त्रणमा चालेको कदमको अन्तर्राष्ट्रिय समुदायबाट सराहना भइरहेको छ ।

जोन हप्किन्स विश्‍वविद्यालयका अनुसार जर्मनीमा हालसम्म ५ हजार ८७७ कोरोना संक्रमितको मृत्यु भएको छ । – अलजजिरा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार