काठमाडौं ।
कोभिन–१९ ले विश्व समुदाय त्रसित भइरहेका बेला नेपाल सरकारले नेपाली कामदार विदेश पठाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको हो ।
बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । कोेरोनाको उपचारमा सारा शक्तिका साथ जुट्नुपर्ने बेला सरकारले भने कामदार विदेश पठाउने निर्णय गर्नु राम्रो नभएको बताइएको छ ।
सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।