काठमाडौं ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडान आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार आजको बैठकमा लकडाउन पनि थप्नेबारे छलफल गरेको छ । तर, कति समय थप्ने भन्नेबारे चाहीँ भोलि बस्ने मन्त्रिपरिषदको बैठकमा ठोस निर्णय हुने बुझिएको छ ।
स्रोतले दिएको जानकारीअनुसार लकडाउन यही बैशाख २५ गतेसम्म थप्ने सरकारको तयारी छ ।