काठमाडौं ।
काठमाडौं महानगरपालिकाले कोरोना लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई राहत वितरण गर्ने काम जारी राखेको छ । आज धोविधारा, बागबजार तीन ठाउँ शहिद शुक्र स्कुल, श्रेष्ठ टेलर्स गल्लीमा दुई ठाउँ चार ठाउँमा राहत वितरण गरेको हो ।
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडाअध्यक्ष भाइराम खड्गीको उपस्थितिमा धोवीधारामा २५० जना, बागबजारको दुई ठाउँमा २६० र शहिद शुक्रमा २०० जनालाई राहत वितरण गरिएको थियो ।
राहत वितरणमा सामाजिक दूरी कायमको कुनै प्रवाह नगरी वितरण गरिएको थियो भने चार किलो चामल, आधा केजी दाल, एक प्याकेट नुन, आधा केजी आलु लिन चार ठाउँमा ल्याम्चे लगाउनुपर्ने महानगरपालिकाको नियम थियो । राहत लिन आउनेहरुले चार -चार घण्टा लाइनमा कुरेर बस्नुपरेको समेत गुनासो गरे।
राहत वितरणमा हेर्ने हो भने कुनै निर्वाचन भैरहेको छ । चार ठाउँमा नाम लिष्ट, नागरिकता, अन्य परिचयपत्रको फोटो कपी राखेर चार ठाउँमा ल्याप्चे नहानी राहत पाईदै थियो । तस्विर : मुकुन्द कालिकोटे