झापाली समाज पोर्चुगलको कोरोना राहतमा ४४४ युरो सहयोग

लिस्बन।

झापाली समाज पोर्चुगलले कोरोना राहतका लागि ४४४ युरो सहयोग गरेको छ।

समाजले एक हप्ता अगाडी मात्रै कोरोनाले प्रभावित नेपालीहरुलाई सहयोग गर्ने जनाएको थियो।

समाजले गैह्र आवासिय नेपाली संघ पोर्चुगल तथा नेपाली कन्सुलेटको पहलमा स्थापना भएको राहत कोषमा ३३३ युरो सहयोग जम्मा गरेको छ भने ब्रिहलान्ते हिमालयको राहत कोषमा १११ युरो सहयोग जम्मा गरेको छ ।

यो पढ्न छुट्यो कि ? झापाली समाज पोर्चुगलले आफ्नो क्षेत्रका नेपालीलाई सहयोग गर्न बनायो टास्कफोर्स !

समाजले शुरुमा आफ्नो क्षेत्रका नेपालीहरुलाई सहयोग गर्न ” रिलिफ फण्ड ” संकलन गरेतापनि सहयोग र उद्धारमा एकरुपता ल्याउन संकलित रकम उक्त संस्थाहरुलाई हस्तान्तरण गरेको हो। उक्त सहयोग पहिलो चरणको राहत भएको समाजले जनाएको छ।

समाजले आव्हान गरेको राहत संकलनमा झापालीहरुले मात्रै नभई अन्य जिल्लावासी नेपालीहरुले पनि सहयोग गरेको समाजका अध्यक्ष सुमन शर्मा चम्लागाईले जानकारी दिएका छन् अध्यक्ष चम्लागाईले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

स्मरण रहोस् , झापाली समाज पोर्चुगल यहाको नेपाली डायस्पोराको सबैभन्दा कान्छो सामाजिक संस्था हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार