कैलालीका चारैजना संक्रमितले जिते कोरोनालाई , ५२ वर्षीय पाना बिकले कोरोनालाई जितेर आज घर फर्किईन् !

कैलाली।

सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी कोरोना भाइरसबाट संक्रमित कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी ५२ वर्षीय पाना बिक आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनी सञ्चो भएर घर फर्किने कोरोना भाइरसबाट संक्रमित चौथौ व्यक्ति हुन् ।

आज साँझ साढे पाँच बजे सेती प्रादेशिक अस्पतालले उनलाई सञ्चो भएपछि डिस्चार्ज गरेको हो ।

अस्पतालका प्रवक्ता डा. जगदिन जोशीले पछिल्लो २४ घण्टामा उनका दुई वटै नमूनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिए ।

चैत १७ गते ३५ जना सहित बिरगञ्ज बसबाट कैलालीको लम्कीस्थित घर आईपुगेकी ति महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि बैशाख १ गते देखि सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी थिईन ।

उनी १० दिन लामो उपचारपछि आज घर फर्किन पाउदा अत्यन्त खुशी थिईन । यति छोटो अबधिमा उपचार पछि सञ्चो भएर घर फर्किने उनी पहिलो संक्रमित हुन् ।

सेती प्रादेशिक अस्पतालमा अव एक जना संक्रमित मात्र उपचारमा छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार