काठमाडौँ।
थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।
उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् ।
त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ ।
उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।