ईन्धनको मूल्यमा भारी गिरावट, प्रति लिटर मूल्य एक यूरो भन्दा तल झर्यो !

लिस्बन।

कोरोना माहामारीको ल्याएको आर्थिक मन्दीका कारण पोर्चुगलमा ईन्धनको मूल्यमा भारी गिरावट आएको छ। हाल प्रति लिटर मूल्य एक यूरो भन्दा तल झरेको छ।

केही ईन्धन स्टेशनहरु यो हप्ताको शुरुवातबाट नै प्रति लीटर एक यूरोभन्दा कम मुल्यमा डिजेल बेच्न शुरू गरिसकेका थिए।

सन् २०१५ पछि ईन्धनको मुल्यमा यसरी गिरावट आएको यो पहिलोपटक हो।

अनलेडेड पेट्रोल १ युरो र १० सेन्टभन्दा कम मुल्यमा पाउन सकिन्छ।

अर्को हप्तासम्म अनलेडेड पेट्रोल ५ सेन्टले र डिजेल ३ सेन्टले कमी आउने बिशेलेशकहरुको भनाई छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार