लिस्बन।
फिनान्समा IRS कर दाखिला गरेका करदाताहरुलाई पाउनुपर्ने रकम फिर्ता दिन शुरु गरेको छ।
आजबाट करदाताहरुले फिर्ता पाउनुपर्ने रकम फिर्ताको प्रक्रिया शुरु भएको अर्थ मन्त्रालयले जनाएको छ।
अप्रिल १ तारिख IRS भर्नेहरूले आज पहिलो फिर्ताको भुक्तानी पाउन शुरु गरे।
बर्तमान विषम परिस्थितिमा सरकाले IRS फिर्ता कहिलेसम्म गर्नसक्छ भन्नेबारे अहिले नै भन्न नसकिने बताएको छ। यद्यपी कर फिर्ता प्रकृया आजैबाट शुरु भएको छ।
यो बर्ष कर दाखिला घोषणा गरेको २१ दिनपछि मात्रै सरकारले कर फिर्ता दिन शुरु गरेको छ। अघिल्लो बर्ष कर घोषणा गरेको ११ औं दिनबाट कर फिर्ता दिन शुरु गरेको थियो।
कमाएको आयमा कर दाखिला घोषणा अप्रिल १ तारिख शुरु भएको हो र कर दाखिला चुक्ता ३० जुन’सम्म गर्न सकिनेछ।