पोर्चुगल : कोरोना राहत कोषमा ११० जनाले गरे ६३०० युरो बढी जम्मा, सहयोग संकलन जारी

लिस्बन।

कोरोना राहत तथा जनचेतना समितिको कोषमा ११० जनाले ६ हजार ३०० युरो बढी रकम सहयोग गरेका छन्। सहयोग संकलनको क्रम जारी छ।

आर्थिक संकलन उपसमितिले हरेक दिन कोषमा संकलन भएको राहत सहयोग रकमको अपडेट दिने गर्दछ।

कोभिन–१९ बाट उत्पन्न परिस्थितीबाट पिडित बनेका नेपाली समुदायलाई राहत वितरण गर्ने उदेश्यले एनआरएनएपोर्चुगल र नेपाली कन्सुलेटको अगुवाई र सम्पूर्ण नेपाली संघसंस्था र नेपाली समुदायको सहयोगमा रकम संकलन थालिएको हो।

आर्थिक संकलन उपसमितिका संयोजक लक्ष्मीप्रसाद सापकोटाले विपद्का बेला गाँस कटाएर दिएको सहयोगले पिडामा परेका नेपाली दाजुभाई तथा दिदी बहिनीलाई राहत मिल्ने बताउनुभएको छ । संयोजक सापकोटाले सबैले अभियानमा साथ दिन अनुरोध गरेका छन् ।

आर्थिक सहयोग गर्न :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार