” लकडाउन खुल्दैन, घर जाने भए प्रशासनसँग सम्पर्क गर्नुहोस् ” : प्रधानमन्त्री ओली

काठमाडौं ।

# फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने बताउनुभएको छ । बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताउनुभएको छ ।

छलफलमा दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमामा अलपत्रहरुलाई स्वेदश ल्याएर क्वारेन्टिनमा राख्न प्रधानमन्त्रीसँग आग्रह गनुभएको थियो । तर प्रधानमन्त्रीले भारतसँगको सीमाना अहिले नखुल्ने जो जहाँ छन् उनीहरु त्यही नै रहने जवाफ दिएको समेत वैठकमा सहभागि एक सासदले बताउनुभयो । प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो बनाउन सकिने संकेत गर्नुभएको छ। लकडाउनका कारण समस्यामा परेकाहरुले घर जनाका लागि प्रशासनसँग सम्पर्क गर्ने पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

हिजोमात्र १२ हजार मानिस उपत्यकाबाट बाहिरिए, कसैलाई बाहिर जानु पर्ने हो भने प्रशासनलाई सूचना गरे सहयोग गर्छ’, प्रधानमन्त्रीले बैठकमा भन्नुभयो सहभागि एक सांसदले भन्नुभयो । सरकारले सोमबार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र अनतरविरोध देखिएपछि दुवै अध्यक्षले सांसदहरुसँग छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले कुनै दल विशेषलाई लक्षित गरेर ऐन नल्याइएको प्रस्ट पार्नुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार