पोर्चुगल : लगातार दोश्रो दिन निको हुनेको संख्यमा भारी वृद्धि, आजै मात्र २२६ जना संक्रमित निको भएर घर फर्किए !

सुरेश जोशी , पोर्चुगल।

पोर्चुगलमा पछिल्लो दुई दिनमा कोरोना संक्रमणको उपचार पश्चात् निको भएर सामान्य जीवनमा फर्कनेको संख्यमा भारी वृद्धि भएको छ।

पछिल्लो २४ घन्टामा मात्रै २२६ जना उपचार पश्चात् निको भएर घर फर्केका छन्। हिजो मात्रै निको भएर घर फर्किनेको संख्या ३०७ थियो।

पोर्चुगलमा हालसम्म रिकभर भएर अस्पतालवाट घर फर्किनेको संख्या ११४३ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन्। हालसम्म ज्यान गुमाउनेको संख्या ७८५ पुगेको छ।

आज मात्रै ६०३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो संगै हालसम्म संक्रमित हुनेको संख्या २१ हजार ९ सय ८२ पुगेको छ।

कोरोना संक्रमितहरुमध्ये एक हजार १४६ जनाको अस्पतामा उपचार भईरहेको छ , जसमध्ये २९७ जना सघन कक्षमा भर्ना भएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार