. टंक खड्का, पोर्चुगल।
क्रान्तीकारीहरु मृत्यु देखि डराउदैनन् , दासताको जीवन जिउनुपर्दा डराउछन् ।
आदर्शले मात्रै क्रान्ति हुने भए किन मार्क्स , लेनिन ,माओ मात्र क्रान्तीका महान गुरु हुने थिए ?संशोदनबाद त्यस्तो भाषा हो जो अन्धो र अपाङ्गले पनि महशुस गर्दछन तर क्रान्तीको भाषा मृत्यु पत्रमा हस्ताक्षर गर्ने ले मात्र बुज्छन किनकी क्रान्ती रोमान्टिक हुदैन ।
यो सालको दशैँ गयो अब अर्को सालको दसैमा रमाइलो गरौला भनेर पर्खिनु पर्ने हुदैन क्रान्तीमा ।अन्यायका बिरुद्द संघर्ष गर्ने मुक्ती पाउनका लागि आन्दोलन जहिले सुरु गर्दा पनि हुन्छ ।
संघर्षको नेतृत्व गर्ने कम्युनिष्ट क्रान्तीकारी पार्टीले संघर्षको नेतृत्व गर्छ भने क्रान्तीकारीहरुले मृत्युपत्रमा शासक बर्गका बिरुद्द जान संघर्षको नेतृत्व लिन तयार छन् भने संघर्षबाट मुक्ति जहिले पनि हुन्छ।
जन जीविकाको सवालमा र राष्ट्रियताका बिषयमा, आधारभूत अधिकार माग्न रक्षाको निम्ती देश बेचुवाहरुको प्रतिरोध गर्न कुनै हतियारको आवश्यकता पर्दैन।
क्रान्तिकारीहरुलाई केवल चाहिन्छ त् शासक वर्ग प्रति घृणा अनि आक्रोश ।शासक बर्गले मात्र जन दमन गर्नका लागि हतियार प्रयोग गर्ने गर्दछन , कम्युनिष्ट क्रान्तिकारीहरु ठान्दछन ती भाडाका हतियार हरुमा खिया लाग्ने छ ।
हतियार हातले चलाउनु पुर्ब दिमाखले चलाउनु पर्छ भन्ने मान्यता राख्दछन ।
भाडाका हतियार भन्दा स्वतन्त्रताले चलाएका हतियार सयौं गुणा शक्तिशाली हुन्छन किन भने ती विचारबाट संचालित हुन्छन । क्रान्तीले क्रान्तीकारीहरुलाई सिकाएको छ कि खालि खुट्टा हिड सत्यको बाटो हिड , पैताला दुख्ला तर मन र मस्तिष्क कहिले दुख्ने छैन । भौतिक शरीर गुम्ला तर बिचार र आस्था कहिल्यै मर्दैन भनेर । आफ्नो लक्ष प्राप्त नभए सम्म बर्ग शत्रुका अगाडी आत्म समर्पण नगर भनेर। क्रान्ती गर्ने अवसर पाएर पनि आत्म समर्पणको बाटो रोजेर दलाल अनि छद्म सशोधनवादको सेवा नगर भनेर ।अवसर अनि अनुकुलता नभए पनि क्रान्तीकारी बिचारको वरीपरी गोलबन्द भई संघर्षको थालनी गर भनेर ।
प्रतिक्रियाबादीहरु पश्चगमन यथास्थितिको बाटो हिड्छन तर क्रान्तीकारीहरु अग्रगमन र परिवर्तनको बाटोमा हिड्छन , लुटतन्त्रका मालिकहरु आफुलाई नाफाको योग र भागको शेषका आधारमा जनघात , राष्ट्रघात र भ्रष्टचारका पानामा हस्ताक्षर गर्दछन , क्रान्तीकारीहरु भने पाएको जिन्दगीमा हामी खुशी छैनौ , चाहेको जिन्दगी पाउनका लागि तिम्रा सबै गलत हर्कतका बिरुद्द बिद्रोह गर्ने अनिबार्य रुपमा मुक्ती पाउने क्रान्तीको नियम अनुसार आकष्मिक रुपमा बलिदान दिने संघर्षको लाल्पत्रमा हस्ताक्षर गर्दछन ।
सुँगुरलाई स्वर्ग जा भन्दा त्यहाँ खान त् पाईन्छ भनेर सोच्छ हो त्यसैले नेपालका सरकारी नेकपाका नेता कार्यकर्तालाई नेपाल अब क्रान्तीकारी कम्युनिष्ट को हो ? तपाइहरु संशोधनवादका पीता बर्न स्टिन र छोरा खुस्चेब लगायतका संशोधनवादका हस्ती यो संसारमा छैनन उनीहरु स्वर्गमा छन् , तपाईहरु पनि त्यहि स्वर्गमा जानुस भन्दा सायद सोच्छन होला त्यहा पनि लुटतन्त्र चल्छ कि ?नाता बाद अनि कृपाबाद पनि चल्छ कि भनेर मनमनै प्रश्न गर्छन होला ।
दैनिक गलत चिन्तन र गलत बिचार, ब्यबहारले चलाएको मानिसले जीवनको अन्त्यमा पनि सकारात्मक सोचेर मर्नै सक्दैन, क्रान्तीकारीका नेता तथा कार्यकर्ताहरुले पाउने सफलताको कहिल्यै अन्त्य हुदैन । जसरी युद्द अनि क्रान्तीको अन्त्य कहिल्यै हुदैन ।यसमा एतिहासिक द्वन्दात्मक तथा भौतिकवादको नियम लागु हुन्छ । एउटा असफलताबाट अर्को सफलताको सिंढी चड्न तयार हुने पद्दती यसमा लागु हुन्छ। बिचार र दृष्टिकोणको कहिल्यै अन्त्य हुदैन । कम्युनिष्ट आदर्शको मान्यता कहिल्यै घट्दैन , तिम्रा लुटतन्त्रमा , दलालतन्त्रमा , नाफाखोर , सुदखोर , कमिशन , कालो बजारी , नाताबाद अनि कृपाबाद , पुजीबादी लोकतन्त्रमा न केहि बिचार छ न केहि दृष्टिकोण छ न त् केहि आदर्श नै छ । यो त् स्वार्थको शक्तिमा टिकेको छ , ध्वस्त निश्चित छ ।
सायद अहीलेसम्म मालेमाका अग्रजहरु तिम्रा गतिबिधि देखेर कति लज्जित हुने थिए होलान , बच्चा बिग्रिदा गार्जेंन खुशी भएको देखेको छैन । उहाहरु पनि पक्कै खुशी हुने थिएनन् ।
अन्यायले भरिएको संसारबाट न्यायको संसारमा बदल्न बर्ग विभाजित समाजबाट बर्ग बिहिन समाजमा रुपान्तरण गर्न न्याय पूर्ण आन्दोलानमा आफ्नो मुक्तिका लागि आम शोषित पिडीत जन समुदायको स्व स्फुर्त सहभागीता रहन्छ , तिमिसंग न्यायका आवाज दबाउन भाडाका मान्छे बाहेक छ के अरु ?
जन दमनलाई भाडा लिएर परिचालित हुनेको संख्याभन्दा मुक्ती चाहनेको संख्या बढी हुन्छ र सफलता पाउछ ।मुक्ती युद्दले पाउने सफलता कुनै आकष्मिक सफलता होईन ,यो युद्दको नियमको उपज हो बरु आकष्मिक यु टर्न त्यो हो जो व्यक्तिले क्रान्तीको सहारामा आफु सत्तामा पुग्छ प्रतिकारान्तीकारी बन्छ , सम्झौता परस्त बन्छ ,साम्राज्यबादी र बिस्तार बादीहरुलाई ज्यु हजुर्याई गर्छ र क्रान्तीको गला रेट्छ।
श्रमजीवी सर्बाहारा बर्ग आफुले पाएको जीवनबाट कहिल्यै सन्तुष्ट भएनन् ,यसकारण शासक बर्गका किल्लामा धावा बोल्नुपुर्ब मृत्यु पत्रमा हस्ताक्षर गर्दछन र चाहेको संसार निर्माण गर्न संघर्षको थालनी गर्छन ।अनुकूल अवसर भएर पनि गद्दार भएर धोका दिनेलाई घृणा गर्नु पर्दछ ।अवसर अनि आवश्यकता छैन भने भ्रम छर्नेका बिरुद्द सबै किसिमको तयारी गरी क्रान्तीको बातावरण बनाउने क्रान्तीकारीहरुको पहिलो कर्तब्य हो र यहि गर्दछन ।छोटो समय कम्युनिष्ट अनि क्रान्तीकारी बन्ने भन्दा आजीवन कम्युनिष्ट क्रान्तीकारी बनिरहन महानता हो ।
मार्क्स र एंगेल्स कम्युनिष्ट भएको दिन देखि अन्तिम क्षणसम्म कम्युनिष्ट रहिरहे तर लेनिन र स्टालिन क्रान्तीकारी नितीमा गल्ती नगरीकनै देहावसान भएका थिए ।माओले सन् १९२१ बाट सन् १९४९ सम्म २८ बर्ष सशत्र क्रान्तीको नेतृत्व गरे र सफल पनि भए । अन्त्यमा सन् १९७६ मा राजनैतिक क्रान्ती सफल भएको २७ बर्ष पछि सास्कृतिक क्रान्तीको सुरुवात गरेका थिए ।यो सास्कृतिक क्रान्तीको मान्यता के थियो भने राजनैतिक रुपमा बदलिएको परिस्तिथी अनुसार नेता कार्यकर्ताहरुले सर्बाहरा बर्गको जीवन आचरण शैली अपनाउने जनदिशा लागु गर्ने , सिदान्त अनि ब्यबहारको भेट गराउने , राजनैतिक क्रान्तीमा ध्यान दिदा दिदै पनि ब्यबहारीक प्रयोग बाट छुटेका जनबादी शिक्षाको भरभुप प्रयोग गर्ने ,आगामी पुस्ताका क्रान्तीकारीहरुका लागि यो एउटा विश्व दृष्टिकोण थियो । यस कारण माओले आफुले गर्ने संघर्षको रणनिती दिर्घकालिन जनयुद्द र कार्यनिती आम सशत्र बिद्रोह गाउँ बाट सहर घेर्ने थियो ।
अब नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहासको बारे सामान्य टिप्पणी गरौ , धेरै गर्नका लागि गद्दारी बाहेक बहादुरी के पो नै गरेका छन् र ? बि स २००६ सालबाट नेपालका कम्युनिष्टहरुले कम्युनिष्ट पार्टीको स्थापना गरे त्यो पनि नेपालमा होईन भारतमा र पहिलो पर्चा पनि निकाले जसमा लेखिएको थियो।
हरेक बर्गलाई आवश्यकता नागरिक स्वतन्त्रता ।तर बिडम्बना नेताहरु आफै स्वतन्त्र हुन् सकेनन कहिल्यै दरवार र राजा परस्त त् कहिले नव प्रतिक्रियाबादीमा परस्त त् कहिले दक्षिण पन्थी संशोधनबादमा परस्त भईरहे ।कम्युनिष्ट आन्दोलनलाई राजा रजौटा रैथानी बनाए , दिशाविहीन बनाए , सम्मेलनको अवधि भर अनि दस्ताबेज र प्रतिबेदनमा मात्र कम्युनिष्ट क्रान्तीकारी बनिरहे ।
नेता जो आए पनि तर ब्यबहारमा जसरी कम्युनिष्ट अनि क्रान्तीकारी विचार जन समुदायमा फैलिनु पर्थ्यो त्यो हुन् सकेन ।दुर्भाग्य राजा रजौटा रैथाने प्रब्रीतीबाट मुक्त हुन् सकेन ।स्वार्थ मिल्दा एकता अनि स्वार्थ नमिल्दा विभाजन हुने आफुलाई कम्युनिष्ट भन्ने नकाबधारीहरुको यो पुरानो ईतिहास र हालको चरित्र बनेको छ ।
मैले तिम्रा एकता अनि टुट फुटको तिथि मिती उल्लेख गर्न आवश्यक ठानिन किन कि म क्रान्तीकारी कम्युनिष्ट हु आजकाल क्रान्तीकारी पार्टीहरुको ईतिहास पढ्छु ।मलाई मार्क्स, लेनिन, एंगेल्स, स्टालिन र माओको जन मृत्युको मिती मात्रै थाहा छ किनकी उनीहरु साचो अर्थमा कम्युनिष्ट क्रान्तीकारी थिए। तर बर्न स्टिन , खुर्स्चेब , लिउ सावोची को जन्म र मृत्युको तारिख बारे म अनभिज्ञ छु किनकी उनीहरु र नेपाली कम्युनिष्ट आन्दोलनको तिथी मिती याद गरिरहनु एक सच्चा कम्युनिष्टको कर्तब्य भित्र पर्दैन ।
संशोधनबादीहरु आन्दोलनको प्रचुर सम्भावना हुदा हुदै पनि सम्झौता परस्त हुन्छन , आत्म समर्पणकारी हुन्छन समग्र रुपमा क्रान्तीकारी बर्गलाई धोका दिदै जो सर्बाहारा बर्गको प्रमुख सत्रु हो उसै संग गले मिल्दछन ।यी र यस्तै प्रवृतीबाट गुज्रिएको नेपाली कम्युनिष्टको ईतिहासमा बि स २०४८ सालको एकता सम्मेलन अर्थात एकता केन्द्र त्यो बेलाको सापेक्षतामा क्रान्तीकारी समुहको एकता हो ।
बि स २०५१ सालमा नेकपा माओबादी गठन , जनयुद्दको एतिहासिक पहलकदमी को सुरुवात , प्रतिक्रियाबादी राज्य सत्तालाई ध्वंश पार्दै जनयुद्दको बाटोमा आगाडी बढ्ने योजना क्रान्तीकारी थियो ।
त्यो बेलाका जिम्मेवार नेताहरु लगभग ५ बर्ष सम्म ईमान्दार कान्तीकारी थिए तर दुर्भाग्य त्यो बेला एतिहासिक भनिएको तर आज आएर माओबादी नेताको दिमाखमा जन गणतन्त्रको बिरुद्द पुजीबादी लोकतन्त्रको नाराले घर जमाएको बि स २०५७ फाल्गुनमा भारतको पन्जाबमा सम्पन्न भएको दोस्रो राष्ट्रिय सम्मेलन थियो ।त्यो सम्मेलनले क्रान्तीकारी नितीको तिलान्जली दिएर पुजीबादी नारा अंगाल्यो ।
अन्तरिम सरकारको गठन , संबिधान सभाको चुनाब , गोलमेच सम्मेलनको आयोजना जस्ता नाराहरुमा क्रान्तीको प्रतिनिधित्व छ कि पुजिबादको , निश्चय नै पुजिबादको छ । यसको आयोजना पुराना दक्षिणपन्थी संशोधनबादीहरु को हुने ?नव संशोधनबादमा पतन हुन् आतुर केहि क्रान्तीको बिचलनबाट लाल गद्दार बन्दै सहाभागी बन्ने तर आज ईतिहास ले यहि पुस्टि गरेको छ ।क्रान्ती सकिएको छैन ,क्रान्तीका दुश्मन मात्रै बदलिएका छन् ।मुख्य शत्रु र अन्तर बिरोध बदलिएको छ।
बि स २०५७ फाल्गुनमा भएको दोस्रो सम्मेलनले पारीत गरेको दस्ताबेजको नाम थियो ईतिहासका अपर्रिहार्य आवश्यकता र महान अग्रगामी छलाङ्ग ।
आवश्यकता क्रान्तीको थियो , अग्रगामी छलाङ्ग आमुल परिवर्तनको थियो ।
क्रान्तीकारीहरुको दिमाख , दीग भ्रमित गर्दै सम्झौताहीन संघर्षलाई सम्झौतामा टुङ्ग्याउने योजना रहेछ भन्ने अहिले बुझियो ।
तिम्रो दिमाखमा क्रान्ती सकिए पनि नेपाली समाजमा अझै बल प्रयोगको सिदान्त मान्ने र बर्ग संघर्षमा सहभागी बन्ने तिम्रो लुटको स्वर्ग भत्काउन मृत्यु पत्रमा हस्ताक्षर गरी आफ्नो मुक्ती खोज्ने कम्युनिष्ट क्रान्तीकारीहरुको कमी भएको छैन ।थोरै समयमा धरै लाई भ्रमित पारे पनि अन्तत धेरै समय सम्म थोरै लाई मात्रै भर्मित पार्न सकिन्छ । सन्दर्भ फौजी हिसाबले बि स २०६१ चैत्र २५ मा खाराको दोस्रो असफल कारबाही अनि राजनैतिक रुपमा २०६२ चुनुवाङ्ग बैठक मानिन्छ ।
पहिलो खारा कारबाही
खारा लडाईका बारेमा बेला बेलामा चर्चा सुन्छु , बाहिरी मोर्चा जिते पनि काँडेतार भित्रको लडाई खारा हारियो अनि शान्ती प्रक्रियामा आउँन बाध्य भईयो । त्यो कारबाहीमा प्रचण्डको प्रतक्ष्य कमाण्डिङ्ग थियो यो कुरा म क्रान्तीकारी मान्न तयार छैन किनकी समग्र रुपमा राज्य ब्यबस्था परिवर्तन गर्ने भनेर न्यायपूर्ण आन्दोलनको थालनी गरी रणनैतिक रक्षा , रणनैतिक सन्तुलन पुरा गरी अन्तिम चरण रणनैतिक प्रत्याक्रमणको पहिलो योजनाको एउटा फौजी कारबाही असफल हुने बित्तिक्कै समग्र आन्दोलनको युटर्न गरी स्थगित गराई पुरानै ससदीय दलाल पुजीबादी ब्यबस्थामा फर्किन नहुने थियो कि ?
युद्दको सामान्य नियमले पनि के भन्छ भने लडाईमा हुने हार अनि जित स्वाभाविक हो । सबै कारबाही अपेक्षा अनुसार सफलै हुन्छन भन्ने पनि छैन कहिलेकाहीं अनपेक्षित हार पनि बेहोर्नु पर्छ क्रान्तीकारीहरुले यो पिरियडमा युद्द रणनिती अनि युद्द प्रविधिको बिकास गरि अर्को युद्द जित्ने कोशिस गर्नु पर्छ कि ?जनयुद्द मार्फत शहीदका रगतले आर्जन गरेका युद्द उपलब्धिहरुलाई समायोजनको नाममा कन्टेनरमा राख्ने ? सेनालाई युद्द प्रबिधि बिहिन बनाउने यो कत्तिको सान्दर्भिक थियो ?
खारा मोर्चालाई बहाना बनाउदै काँडे तार काट्न सकिदैन , बाहिर आएको दुश्मनलाई बाकि राखिदैन भनि कुप्रचार गरियो , जनमुक्ति सेनालाई क्षत विक्षत पारियो ।
युद्द समाप्तिको घोषणा गरियो तर सत्यलाई कैद गर्न मुक्ती चाहने आवाजलाई दबाउन क्रान्तीकारीका आँखाले देखेका सपना सहीदका रगतले भिजेको आदर्श मुक्ति पाउन मृत्यु रोज्ने साहस तिम्रो कायरपनाले रोक्न र छेक्न सकेन र सक्दैन पनि ।
तिम्रा षडयन्त्रले आगाडी बढ्ने क्रान्तीकारी योजना क्रान्तीकारीहरुले तयार पारेपछि प्रतिबन्ध लगायौ ।हाम्रा नेता कार्यक्रतालाई बन्दी बनाउन थाल्यौ तर किन ?
भुल्यौ दमनको जवाफ प्रतिरोधले दिन्छ भनेर ?
दोस्रो चुनुवाङ्ग बैठक
युवा क्रान्तीकारीहरुलाई पाखा लगाउन पार्टी जिवनमा बिरलै चल्ने तर आवश्यक पर्ने सुद्दिकरण अभियान चलायौ ।आफु प्रवेश गर्न पुरानो संसदीय ब्यबस्थामा जान रुट क्लियर गर्यौ ।
सात राजनैतिक दलसंग गर्ने सहमति कार्यान्वयन होस् भनेर सुद्दिकरणको नाटकले क्रान्तीकारीहरुलाई भ्रमित पार्यौ ।कामरेड माओले तत्कालिन जापानी प्रभुत्ववादका बिरुद्द लड्न त्यो बेलाका चिनिया रास्ट्रपति च्यांकाइ शेखसंग गरेको सहमतिको रुपमा अर्थ्यायौ ।अहिले पहिला राजतन्त्र फालौ पछि पुराना ससदबादी फालौला भनियो ।यति सम्म ठिकै थियो तर सुरुवातमा माओको तुलनामा अर्थ्याएको सहमति अन्त्यमा किन माओ मोडेलको हुन् सकेन ? माओ मोडेल के थियो भने रास्ट्रियता बचाउन जापानसंग लडन च्यांकाई शेखसंग सहकार्य अन्तिममा चाईनिज जनतालाई मुक्तीको अनुभुती दिलाउन जन गणतन्त्र चाइनाको घोषणा गर्नुपूर्व च्यांकाई शेखको करार शब्दको संज्ञा दिई सिंगो जनमुक्ती सेनालाई उसका बिरुद्द लडाई शेखलाई तालिवान भगाएको तर तपाईहरुले यसो गर्न किन सक्नु भएन कमरेड प्रचण्ड सुप्रिमो ?
राजतन्त्र फाल्नलाई गरेको सहमति नै नेपाली जनतालाई मुक्ती पाउनबाट रोक्ने बाधक किन बन्यो ?
क्रान्ती अझै बाकि छ । तिम्रो चेतनाको तिमि क्रान्तीकारी भन्दा यो बेलाका हामी नौजवान क्रान्तीकारी महान छौं ।त्यो बेलाको गणतन्त्र यो बेलाको बैज्ञानिक समाजबाद हुदै साम्यवादको सिद्दान्तलाई एक वाक्यमा सार संक्षेप गर्दा सबै निजि सम्पत्तिको खारेजी हो ।२४० बर्ष पुरानो एकात्मक राजतन्त्र फाल्ने युद्द हामीले चलाउदै गर्दा ७६१ जना अरु मिनी राजा थप्ने कल्पना समेत थिएन ।भ्रष्टाचारी , कालो बजारीका बिरुद्द मशाल जुलुश चलाउदै गर्दा नेपाली जनतालाई संकट परेको बेला अकुत सम्पति कमाउलान भनेर शंका समेत थिएन ।भारतीय बिस्तारबादका बिरुद्द लड्न गाउँ- गाउँका सामरिक ठाउमा टनेल बंकर खन्दा भोलि हाम्रै नेताले माथिल्लो कर्णाली , अरुण तेस्रो बेच्दै रास्ट्रघात गर्लान भनेर हेक्का पनि थिएन ।
मैले झोला र बन्दुक बोकी भूमिगत कालमा नेपालका थुप्रै पर्यटकीय ठाउमा लुकामारी खेलेको थिए र सोच्थे मैले चाहेको शासन ब्यबस्था आयो भने यहि ठाउमा बिदेशी पर्यटक भित्र्याउनु पर्छ ।राज्यको आँखाबाट मात्रै दूर दराजमा देखिन्छ मेरो सुदूर पश्चिम तर प्रकृतीले दिएको यो सुन्दरता विराजमान छ ।
यो पर्यटकको आम्दानीले मात्रै पनि यहाका जनताको जीवन आर्थिक रुपले सहायता गरौला तर बिडम्बना भिजिट २०२० घोषणा भयो प्रमुख लक्ष्य पर्यटकको आगामनको संख्या बृद्दी होईन भ्रष्टाचार २०२० गोप्य राखियो ।यो पनि महामारीको रुपमा विश्वभरी फैलिएको कोबिड- १९ ले पुरा रुपले सफल हुन् दिएन । फेरी आवश्यक पर्यो नेपाली जनतालाई कोबिड १९ बाट बच्नलाई मास्क , पिपीई , सेनिटाइजर ,,…, यसमा पनि बाकि रहेनौ ।
दुधको साक्षी बिरालो बन्दै भ्रष्ट्राचार भएको छैन भनि करौडौ कुम्ल्यायौ ।
यी र यस्तै हर्कतले अहिलेका क्रान्तीकारी अझै झन् ब्यापक प्रतिरोधका साथ् अघि बढ्नु पर्नेछ, मृत्युपत्रमा हस्ताक्षर गर्नु पर्नेछ ।