ल्याबबाट नभई जनावरबाट कोरोना मानिसमा सरेको हुनसक्ने प्रवल सम्भावना : डब्लूएचओ

एजेन्सी।

कोरोना भाइरसको संक्रमण कुनै ल्याबबाट नभई जनावरबाट फैलिएको हुनसक्ने विश्व स्वास्थ्य संगठनकी प्रवक्ता फेडेला चाइबले जानकारी दिइन्।

मंगलबार जेनेभामा आयोजित ब्रिफिङमा उनले कोरोना भाइरसको संक्रमण ल्याबबाट नभई जनावरबाट मान्छेमा सरेको हुनसक्ने बताएकी हुन्।

अमेरिकी गुप्तचर संस्था र राष्ट्रिय सुरक्षा प्रशासनले भने यो भाइरस चिनियाँ ल्याबबाट सरेको हुनसक्ने भन्दै यसको सम्भाव्यता अध्ययन गर्ने बताइरहेका छन्।

‘अहिलेको अवस्थामा कोरोनाको संक्रमण केबाट फैलियो भन्ने यकीन भइसकेको छैन‚’ चाइबले ब्रिफिङमा भनिन्‚ ‘तर‚ अहिलेसम्मको प्राप्त प्रमाणहरूले उक्त भाइरस प्राकृतिक रूपमा नै कुनै जनावरबाट मानिसमा सरेको भन्ने देखाउँछन्।’

‘विभिन्न अनुसन्धाताहरू यसको गहन अनुसन्धानमा लागिरहेका छन्। तर उनीहरूले पनि अहिलेसम्म प्राप्त प्रमाणहरूलाई केलाउँदा कुनै ल्याबबाट भाइरसको संक्रमण नफैलिएको बताइरहेका छन्।’ चाइबले भनिन्।

उनले मानिस अफवाहमा नभई तथ्यपरक कुराका पछि लाग्नुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार