पोर्चुगल : नेपालीको कोरोना आपतकालिन राहत कोषमा ५ हजार युरो संकलन, सहयोग आउने क्रम जारी …

लिस्वन ।

कोरोना राहत तथा जनचेतना समितिको कोषमा ५ हजार युरो संकलन भएको छ ।

कोभिन–१९ बाट उत्पन्न परिस्थितीबाट पिडित बनेका नेपाली समुदायलाई राहत वितरण गर्ने उदेश्यले एनआरएनएपोर्चुगल र नेपाली कन्सुलेटको अगुवाई र सम्पूर्ण नेपाली संघसंस्था र नेपाली समुदायको सहयोगमा रकम संकलन थालिएको हो।

आर्थिक संकलन उपसमितिका संयोजक लक्ष्मीप्रसाद सापकोटाले विपद्का बेला गाँस कटाएर दिएको सहयोगले पिडामा परेका नेपाली दाजुभाई तथा दिदी बहिनीलाई राहत मिल्ने बताउनुभएको छ । संयोजक सापकोटाले सबैले अभियानमा साथ दिन अनुरोध गरेका छन् ।

आर्थिक सहयोग गर्न :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार