सुदूरपश्चिमका पहिलो संक्रमितले २८ दिनपछि कोरोनालाई जिते, निको भएर आज घर फर्के !

धनगढी।

सुदूरपश्चिमको पहिलो कोरोना संक्रमित ३४ वर्षीय अमृत शाही सञ्चो भएर आज घर फर्केका छन् ।

२८ दिन लामो उपचारपछि निको भएका शाहीलाई आज सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका कोरोना संक्रमित अमृत शाही २८ दिन लामो उपचारपछि सञ्चो भएर आज घर फर्केका हुन् ।

दुबईबाट दिल्ली हुदै चैत ७ गते काठमाण्डौं पुगेका शाही त्यहाँबाट ८ गते बुद्ध एयरको जहाजमा नेपालगञ्ज आएका थिए । सोही दिन नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुगेका शाही तीन दिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

तीनदिनपछि उनको थ्रोट स्वावको नमूनाको रिपोर्ट पोजिभिट आएयता उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा उपचार गराई रहेका थिए ।

त्यसपछि लगातार तीन वटा रिपोर्ट पोजिटिभ आएका शाहीका पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको प्रवक्ता डा.जगदिश जोशीले बताए ।

शाही कोरोना संक्रमणको उपचारपछि सञ्चो भएर घर फर्किने दोस्रो व्यक्ति हुन् । दुई दिन कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय राजु बिक पनि १७ दिन लामो उपचारपछि सञ्चो भएर घर फर्केका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार