काठमाण्डौ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुपमा जानकार र सचेत रहेको बताउनु भएको छ ।
कोरोना भाइरसले बढी प्रभावित ११ देशका गैर-आवासीय नेपाली संघ’का अध्यक्षसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै मन्त्री ज्ञवालीले नेपालमा लकडाउन लम्बिँदै गएकाले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन नसकिने बताउनुभयो ।
उहाँले अवस्था अनुकूल हुनेबित्तिकै नेपाल फर्काउन प्रक्रिया थाल्ने बताउनुभयो । मन्त्री ज्ञवालीले मुख्यतया खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने विषयमा सरकार सकरात्मक रहेको बताउनुभयो ।
कूटनीतिक नियोग र एनआरएनसँगको छलफलबाटै समस्याको समाधान निकाल्ने भन्दै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गर्नुभयोे ।
# फाइल फोटो