– गणेश पाण्डेय, लिस्बन।
पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले संकटकालको अन्त्यपछि पनि देश सामान्य अवस्थामा फर्किन नसक्ने बताएका छन्।
प्रधानमन्त्री कोस्टाले पोर्चुगलमा संकटकालको समयमा धार्मिक समारोहहरु कसरी सम्पन्न गर्न सकिन्छ भनेर छलफल गर्न आज सोमबार डी मनुएल क्लेमेन्टेसँग भेटमा सो कुरा बताएका हुन्।
भेटको क्रममा प्रधानमन्त्रीले भने , “यदि हामीले प्रयास गरिरह्यौं भने हामी मे महिनालाई फरक ढंगले सामना गर्न सक्छौं।”
प्रधानमन्त्रीले ग्यारेन्टी गरे कि आपतकालको अवस्था अन्त्य भए पनि पोर्चुगलको जनजीवन सामान्य अवस्थामा फर्किनेछैन।
कोरोनाभाइरसको खोप उपलब्ध भएर लगाइसके पछि मात्र यो देश सामान्य अवस्थामा फर्किनेछ।
धार्मिक समारोहहरूको बारेमा प्रधानमन्त्रीले क्याथोलिक चर्चले कोभिड १९ संग लड्नका लागि अपनाएको सावधानी र विधिहरुको लागि धन्यवाद दिएका छन् ।
पोर्चुगलमा संकटकाल दोश्रो पटक नवीकरण भएर तेश्रो चरणमा प्रवेश गर्दै मे २ तारिखसम्मका लागि लागु गरिएको छ।