पोर्चुगल : नियमित खोपहरु अनिवार्य लगाउन स्वास्थ्य महानिर्देशनालयको आग्रह !

लिस्बन।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले कोरोना महामारीले लकडाउन र होम क्वारेन्टाइनको स्थिति भएतापनि सम्पूर्ण नियमित खोपहरु अनिवार्य लगाउन आग्रह गरेको छ।

स्वास्थ्य महानिर्देशकले सम्पूर्ण नागरिकहरुलाई १२ महिनासम्मका बच्चाहरू, गर्भवती महिला वा दीर्घकालीन बिरामीलाई खोपहरू स्थगित नगर्न आग्रह गरेको हो। कोरोना महामारीको रोकथामका अलावा अन्य महामारीबाट बच्न यी खोपहरु “एकदमै आवश्यक” रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

स्वास्थ्य महानिर्देशक ग्रेना फ्रेटासले पत्रकार सम्मेलनमा बोल्दै भने कि , “हामी सबै कोविड १९ सँग लडिरहेको बेला र भीडभाडबाट बच्नको लागि खोप तालिका मिलाउन उपयुक्त हुन्छ। तर, यदि यो सम्भव छैन भने ढिलाइ नगर्नुहोस्, स्वास्थ्य एकाईमा व्यक्तिगत रुपमा जानुहोस् किनकि उनीहरूले सुरक्षित तरिकाले गैर-कोभिडहरुको हेरचाह प्रदान गरिरहेका छन्। ”

स्वास्थ्य महानिर्देशनालयले कुनै पनि हालतमा मानिसहरूलाई नियमित “खोप स्थगित नगर्न” आग्रह गरेको छ। विशेष गरी १२ महिनासम्मका बच्चाहरूमा, जसले राष्ट्रिय खोपसहितका दादुरा, रुबेला वा मेनिन्जाइटिसको गम्भीर रूप जस्ता रोगबाट बच्न सकिन्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार