पोर्चुगल र स्पेनबिचको सिमा १४ मे सम्मका लागि बन्द !

लिस्बन।

पोर्चुगल र स्पेनबिचको सिमा आवतजावत १४ मे सम्मका लागि बन्द गरिएको छ।

पोर्चुगलमा कोरोनाको महामारी कम गर्न र स्पेनबाट फैलनसक्ने संक्रमण कम गर्न पोर्चुगलको सरकारले सो निर्णय गरेको हो।

पोर्चुगलको सिमाना जोडिएको छिमेकी मुलुक स्पेनमा कोरोना संक्रमणबाट २० हजारभन्दा बढीको ज्यान गईसकको छ भने पोर्चुगलमा कोरोना धेरै हदसम्म नियन्त्रणमा छ र हालसम्म ज्यान गुमाउनेहरुको संख्या लगभग ७ सय मात्रै छ।

सेफ र जीएनआर प्रहरीले पोर्चुगल र स्पेनको बोर्डरमा निरीक्षण र नियन्त्रण गर्नेछन् । पोर्चुगल र स्पेनको बिचमा नौ नाकाहरु मात्रै आंशिक रुपमा खुला गरिएका छन्।

स्वास्थ्य र अत्यावश्यक बाहेक अन्य कुनै पनि प्रायोजनका लागि आवतजावत गर्न पाईने छैन।

सिमा बन्दका कारण दुई देशहरू बिचको पर्यटन र फुर्सतको यात्रालाई रोक लगाईएको छ। दुवै देशका नागरिकहरुले पोर्चुगलमा लागु गरिएको संकटकालको पूर्ण रुपमा पालना गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार