६५ बर्षिया मनकुमारी कोरोना भाइरसलाई जितेर घर फर्किइन् !, भन्छिन, ‘मैले आत्माबल बढाएरै कोरोना जितेँ’

शिव बोहोरा, बागलुङ। बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।

कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक वृद्धा १७ दिनपछि घर फर्किएकी छन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले फूल दिएर विदाई गरे । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र वि. पोखरेलले बताए ।

उनलाई परिवारका सदस्यहरु छोरा चिरञ्जीवि शर्मा, ज्वाईं गुरु प्रसाद कँडेल लगायतले अस्पतालबाट घर लिएर गएका हुन् । गत ४ चैतमा बेल्जियमबाट दोहाहुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती बृद्धामा २० चैतमा कोभिड–१९ पोजेटिभ देखिएको थियो |

‘मैले पानी धेरै खाएँ, आज नुहाएको सास बढेको छ’ दमको पुरानै समस्या भएकी पौडेलले भनिन् ‘आज बरु गाह्रो भयो अरु दिन त मलाई सबैले सहयोग गर्नुभयो, मैले आत्माबल बढाएरै कोरोना जितेँ ।’

त्यसपछि उनको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार, उनले कठिन परिस्थितीका बीच कोरोनाको संक्रमणलाई जितेकी छन् । उनमा रहेको स्वासप्रस्वास र उच्च रक्तचापको समस्याबाहेक कुनैपनि औषधि प्रयोग नगरी उनले कोरोनाको संक्रमण जितेकी हुन् ।

पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको डा. पोखरेलले बताए । डिस्चार्ज भएकी उनलाई केही दिन होम क्वारेन्टाईनमा बस्न चिकित्सकहरुले सुझाएका छन् ।

‘मैले पानी धेरै खाएँ, आज नुहाएको सास बढेको छ’ दमको पुरानै समस्या भएकी पौडेलले भनिन् ‘आज बरु गाह्रो भयो अरु दिन त मलाई सबैले सहयोग गर्नुभयो, मैले आत्माबल बढाएरै कोरोना जितेँ ।’ उनले सबैलाई धन्यवाद दिईन् ।

नेपालमा कोरोना संक्रमण भएर निको हुने उनी तेस्री बनिन् भने सबैभन्दा धेरै उमेरमा कोरोना संक्रमण भएर निको हुने पहिलो संक्रमित हुन् । कोरोना भाइरसको संक्रमणमा परेकी ६५ वर्षीया बृद्धाको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । उनको सम्पर्कमा आएका केही आफन्त तथा गाउँलेहरुको समेत आरडिटी र थ्रेड स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । सबैको रिपोट नेगेटिभ आएको छ ।

उनीसँगै बेल्जियमदेखि बागलुङसम्म एकैसाथ यात्रा गरेकी बागलुङकै १९ बर्षीया युवतीको भने अञ्चल अस्पतालमा उपचार चलिरहेको छ । उनको चौथो पटकको थ्रोट स्वाबको नतिजा समेत पोजेटिभ आएकाले उपचारको समयावधी थपिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

उनीसँगै कतारदेखि नेपाल आएकी काठमाण्डौकी १९ बर्षीया प्रसिद्वी श्रेष्ठ २७ दिनपछि शनिबारनै कोरोनालाई जितेर घर फर्किएकी छन् । उनी फ्रान्सबाट कतारहुँदै काठमाडौं आएकी थिईन् । दुवैजनाको ट्रान्जिट पछिको यात्रा कतार एयरवेजमा भएको थियो ।

यसअघि नेपालमा पहिलो कोभिड–१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् । उनलाई जनवरी २३ तारिख कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार